Comments Add Comment

सलमानले भने-‘म आमिरलाई ‘घृणा’ गर्छु’

aamir-and-salman
नायक सलमान खान र आमिर खानविच शितयुद्ध चलेको लामै समय भैसकेको छ । जब, यी दुइले चलचित्र ‘सुल्तान र दंगल’मा काम गर्न सुरु गरे, यी दुइविच लफडा सुरु भएको हो । यसपछि, यी दुइले एक अर्काको बिषयमा विभिन्न खालका टिप्पणी गरिरहेका छन् ।

आजबाट नायक आमिर खानको मुख्य भूमिका रहेको चलचित्र ‘दंगल’ रिलिज भएको छ । चलचित्रले राम्रो सुरुवात मात्र गरेको छैन, समिक्षा पनि उत्कृष्ट पाएको छ ।
नायक सलमान खानले आमिरको यो चलचित्र अहिलेसम्म हेर्न पाएका छैनन् । यतिमात्र होइन, उनले यो चलचित्रको बारेमा खासै टिप्पणी गरेका छैनन् ।

तर, बिहिबार सलमानले एउटा ट्विट गरेका छन्, जसले अहिले मिडियामा खुबै चर्चा पाइरहेको छ । सलमानले आफ्नो परिवारले यो चलचित्र हेरेको भन्दै ट्विट गरेका छन् । उनले लेखेका छन्-‘मेरो परिवारले दंगल हेरे । उनीहरुलाई लाग्यो कि, यो चलचित्र ‘सुल्तान’ भन्दा धेरै राम्रो छ । म आमिरलाई व्यक्तिगत रुपमा प्रेम गर्छु । तर, ‘व्यवसायिक’ रुपमा भने ‘घृणा’ गर्छु ।’

आमिरलाई ‘व्यवसायिक’ रुपमा ‘घृणा’ गर्छु भनेर सलमानले के कुराको संकेत गरेका हुन्, त्यो भने खुलेको छैन । तर, ‘सुल्तान’ भन्दा ‘दंगल’ राम्रो भन्ने प्रतिक्रिया आएपछि कतै सलमानले आमिरबाट असुरक्षित महशुश त गरेका होइनन् ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment