Comments Add Comment

सातौं राष्ट्रिय खेलकुदमा जुडोका दुई खेलाडी घाइते

7th-National-Game-810

१० पुस, झापा । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा जुडोका दुई खेलाडी घाइते भएका छन् ।

धुलाबारीस्थित पासाङल्हामु हलमा खेल्ने क्रममा सुदूरपश्चिमका खेलाडी घाइते भएका हुन् । घाइते हुनेमा कम्मानसिंह विष्ट र शेखा श्रेष्ठ रहेका छन् । विष्ट ५५ किलोमुनि तौल तथा श्रेष्ठ ६३ किलोमुनि तौलमा भिड्ने क्रममा घाइते भएका हुन् ।

विष्टको घुँडामा तथा श्रेष्ठको छातीमा चोट लागेको छ । दुबै खेलाडी कैलालीका हुन् । घाइते दुबैको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था खतरामुक्त रहेको सो अस्पतालका चिकित्सक डा. निराजन प्रसाईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment