Comments Add Comment

‘लेक साइड’मा जीवन र नीताको मस्ती

jiwan and neeta romance
राजु अधिकारीको निर्देशनमा तयार भएको चलचित्र ‘लेक साइड’को प्रमोशनल गीत सार्वजनिक भएको छ । यो गीतमा गायक सुगम पोखरेलको स्वर, दिनेश सुनारको शब्द तथा चन्द्र ज्योती ढुंगानाको संगीत छ ।

यो गीतमा पोखराको लेक साइडको बिषयमा चर्चा गरिएको छ । चलचित्रका मुख्य नायक जीवन लुइटेल र नायिका नीता ढुंगानालाई गीतमा फिचरिङ गरिएको छ । पोखराको लेकसाइडमा बस्दै आएका एक यूवाको सांगीतिक करिअरको कथामा यो चलचित्र बनेको छ ।

एन्जल ढुंगानाको निर्माणमा तयार भएको चलचित्रमा इन्दिरा तिवारी ढुंगाना कार्यकारी निर्माताको रुपमा रहेका छन् । आशुतोष फिल्मस् प्रोडक्शन र चन्द्रज्योती फिल्मस्को संयुक्त ब्यानरमा यो चलचित्र निर्माण भएको हो । दीपक ढकाल र एन्जल ढुंगाना पनि चलचित्रका मुख्य कलाकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment