Comments Add Comment

माल्दिभ्सविरुद्ध नेपालको गोल वर्षा, साबित्रा एक्लैले ५ गोल गरिन्

sabitra-bhandari

१३ पुस, काठमाडौं । साबित्रा भण्डारी चम्किएपछि नेपालले महिला साफ च्याम्पियनसिप अन्तरगत माल्दिभ्सविरुद्ध उत्कृष्ट प्रर्दशन गरेको छ । र, सेमिफाइनल नजिक पुगेको छ ।

बुधबार भएको खेलमा आफ्नो दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई ९-० गोल अन्तरले पराजित गरेको हो । नेपालले गोलको वर्षा नै गरेको खेलमा सावित्रा एक्लैले पाँच गोल गरिन् ।

नेपालले १२ औं मिनेटमा नै साबित्रा भण्डारीको गोलबाट अग्रता लिएको थियो । २८ औं मिनेटमा दोस्रो गोल गरेकी उनले ३९ औं मिनेटमा हृयाट्रिक पुरा गरिन् ।

५० औं मिनेटमा साबित्राले गोल गरिन् भने दुई मिनेट लगतै मञ्जली योनजनले गोल गरिन् । ६३ औं मिनेटमा साबित्राले पाँचौं गोल गरिन् । ७१ औं मिनेटमा सपना लामा र ७४ औं मिनेटमा हिराकुमारी बुजेलले गोल गरिन् ।

खेलको अन्तिममा निर्मला विकले गोल गरेपछि नेपाल ९-० ले विजयी भयो । यसअघि पहिलो खेलमा नेपालले भुटानलाई ८-० ले हराउँदा उनले डबल हृयाट्रिक गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment