Comments Add Comment

एउटा मुसा समाउनेलाई डेढ सय रुपैयाँ पुरस्कार !

 

ratतपाईं पनि आफ्नो घर तथा कोठामा कैयौँ पटक मुसा समात्नुभएको होला । तर अहिलेसम्म यसरी मुसा समाएबापत तपाइँले सायद कहिल्यै पनि पुरस्कार पाउनुभएको छैन । तर इण्डोनेसियामा भने अब जनताले मुसा समाएबापत पुरस्कार पाउने भएका छन्, त्यो पनि सरकारको तर्फबाट ।

मुसाका कारण दिक्क बनेको इण्डोनेसियाको राजधानी जकार्तामा मुसाको समस्या निवारणका लागि सरकारले अनौठो उपाय अपनाएको छ । जसअनुसार सरकारले मुसा समाउने मानिसलाई पुरस्कार दिनेछ ।

सरकारका अनुसार एउटा मुसा समाएबापत २ हजार रुपियाा प्रदान गरिनेछ । उक्त रकम भनेको नेपाली रुपैयाँमा डेढ सय भन्दा बढी हो ।

मानिसहरुले जिउँदो वा मारेर जसरी पनि मुसा समाउँदा पुरस्कार पाउनेछन् । तर मुसा मार्नका लागि बन्दुकको प्रयोग गर्न भने पाइनेछैन । जिउँदो वा मरेको मुसा सरकारी निकायमा लगेर बुझाएपछि तत्कालै त्यसबापत नगद पुरस्कार प्राप्त गर्न सकिनेछ ।

यो अभियानले जकार्ता सहरलाई मुसामुक्त बनाउनेछ र सहरलाई सफा बनाउनेछ । जकार्ताका उपगभर्नर जेरोट सेफुल हिदायतले सहरमा निकै मुसाका कारण हैरानी बढेको बताए । मुसाले आफैलाई दिक्क पारेको घटनापछि सहरलाई मुसामुक्त बनाउने अभियानका बारेमा आफुलाई आइडिया फुरेको उनी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment