Comments Add Comment

पोखरामा आतिसबाजीसहित नयाँ वर्षलाई यसरी गरियो स्वागत

new-year-2017-pokhara-7१७ पुस, पोखरा । पोखरामा अंग्रेजी नयाँ वर्षलाई भव्य रुपमा स्वागत गरिएको छ । पोखराको पर्यटकीय केन्द्र लेकसाइडमा हजारौं दर्शकको सहभागितामा आतिसबाजीसहित नयाँ वर्ष-२०१७ लाईस्वागत गरिएको हो ।

रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेबान) पोखराको आयोजनामा लेकसाइडमा आयोजित ‘पोखरा सडक महोत्सव’मा नयाँ वर्षको स्वागतार्थ मध्यरातमा आतिसबाजी गरिएको हो । आतिसबाजी गर्दा त्यहाँ उपस्थित हजारौं दर्शक सहभागी हुँदै रमाए । जब आयोजकले सांगीतिक कार्यक्रम भइरहेको स्थानमा ‘हृयाप्पी न्यू ईअर’भन्दै अतिसबाजी गरे तब दर्शकको ताली र हुटिङले लेकसाइड गुञ्जयमान भयो ।

new-year-2017-pokhara-3

नयाँ वर्षको स्वागतार्थ हजारौं दर्शक शनिबार राती लेकसाइड पुगे । विशेष गरेर युवायुवतीको बाक्लो सहभागिता थियो । अन्य समयमा बाहृय पर्यटकको चहलपहल बढी हुने लेकसाइडमा शनिबार नयाँ वर्षको स्वागतमा आन्तरिक पर्यटकको संख्या हृवात्तै बढ्यो ।

लेकसाईडको करीब ३ किलोमिटर सडकमा आयोजित ‘पोखरा सडक महोत्सव’मा विहानदेखि मध्यरातसम्मै दर्शकको चाप थियो ।महोत्सवको अवसरमासबै होटलहरु भरिभराऊ हुँदा कयौं दर्शकहरु मध्यरातमा घर फर्किए भने अग्रीम बुकिङ गर्नेहरु होटलमै बास बसे ।

new-year-2017-pokhara-1 new-year-2017-pokhara-2 new-year-2017-pokhara-4 new-year-2017-pokhara-5 new-year-2017-pokhara-6

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment