Comments Add Comment

सिड्नी मैदानमा वार्नरको कीर्तिमानी प्रदर्शन, ७८ बलमै शतक पूरा

david-warnar

१९ पुस, काठमाडौं । अष्ट्रेलियाली ब्याट्सम्यान डेभिड वार्नरले पाकिस्तानबिरुद्धको अन्तिम टेष्टको पहिलो दिन कीर्तिमानी प्रदर्शन गरेका छन् । बिहानी सञ सकिनुअगावै उनले ७८ बलमा शानदार शतक प्रहार गरे ।

घरेलु मैदान सिड्नी क्रिकेट मैदानमा शानदार शतक बनाएर कीर्तिमानसहित उनले नयाँ बर्षको उत्कृष्ट सुरुवात गरे ।

वार्नर अष्ट्रेलियाली मैदानमा टेष्टको पहिलो दिनको लञ्चभन्दा अगाडि नै शतक प्रहार गर्ने पहिलो खेलाडीसमेत बनेका छन् ।

‘मलाई अदभूत लागिरहेको छ । म मेरा आँकडाका बारेमा कहिल्यै जागरुक हुन्न, लञ्च ब्रेकका लागि फर्केपछि टिमका डाक्टर पिटर ब्रुकनरले मलाई पहिलो पटक यो सुनाएका थिए ।’ वार्नरले भने ।

‘शतक बनाउने बिषयमा मैले त्यतिबेला सोचेको थिएँ जतिबेला मैले ८० रन बनाएको थिएँ र लञ्च ब्रेकका लागि २५ मिनेटको समय बाँकी थियो ।’

वार्नरले आफूले खेलेको दोस्रो, चौथो र पाचौं बलमा चौका प्रहार गरेर पाकिस्तानलाई सुरुवातदेखिनै दवावमा राख्न सफल भए । पहिलो विकेट पार्टनरसीपमा पनि टोलीका उपकप्तान वार्नर नै हावी भए । नवौं ओभरमा टोलीले ५१ रन पूरा गर्दा वार्नरले २८ बलमा ४४ रन जोडिसकेका थिए । उनका ओपनिङ जोडी रेनसोले त्यतिबेला २१ बलमा मात्र ६ रन बनाएका थिए ।

टोलीले २१औं ओभरमा १०० रन पूरा गर्दा रेनसोले ६ बाट २१ रन पुर्‍याउँदा वार्नरले ८० रन बनाइसकेका थिए ।

वार्नरले गत बर्ष वेष्ट इण्डिजबिरुद्ध ८२ बलमा शतक प्रहार गरेका थिए । अहिले चार बल सुधार गर्दै उनली सिड्नी क्रिकेट ग्राउण्डमा सर्बाधिक छिटो शतक प्रहार गर्ने खेलाडी बने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment