Comments Add Comment

किन चल्दैनन् वर्षको पहिलो साता रिलिज भएका फिल्म ?

chandni-chowk-to-china-19dअंग्रेजी नयाँ वर्षको पहिलो साता चलिरहेको छ । बलिउडमा यतिबेला आमिर खानको फिल्म दंगलले एकछत्र राज गरिरहेको छ । नयाँ वर्षको पहिलो साता कुनै पनि ठूलो व्यानरको फिल्म रिलिज हुनेवाला छैनन् । यसकारण पनि दंगललाई मैदान खाली छ ।

बलिउडमा हरेक शुक्रबार नयाँ फिल्म रिलिज हुन्छन् । तर वर्षको पहिलो शुक्रबार भने फिल्म रिलिज गर्न निर्माता-निर्देशकहरु डराउँछन् । यसको कारण हो फिल्म फ्लप हुने त्राश । बलिउडको अहिलेसम्मको रेकर्ड हेर्दा वर्षको पहिलो साता रिलिज भएका फिल्मले विरलै राम्रो व्यापार गरेका छन् । अधिकांस फिल्म फ्लप भएका छन् ।

शोरगुलका निर्माता-निर्देशक शशी वर्माले बिबीसीलाई भने, ‘यो एउटा मिथक मात्र होइन, तथ्य हो । वर्षको पहिलो साता रिलिज भएका फिल्मले आफ्नो लागत पनि उठाउन सकेका छैनन् ।’

बलिउडको इतिहास हेर्दा सन् २००७ देखि वर्षको पहिलो शुक्रबार रिलिज भएका फिल्ममध्ये सन् २००९ मा रिलिज भएको नो वान किल्ड जेसिकाले मात्र राम्रो व्यापार गरेको छ । अक्षयकुमार जस्ता विकाउ अभिनेताको फिल्म चाँदनी चोक टु चाइना (२००९) ले पनि पहिलो हप्ता दर्शक पाएन । १० वर्षको आँकडालाई हेर्दा जनवरीमा रिलिज भएका थुप्रै फिल्महरु पहिलो हप्तामा नै हलबाट उत्रिएका छन् । फ्लप फिल्महरुको सुचीमा तेवर र जो भी करवा लो जस्तो ठूला बजेटका फिल्महरु पनि छन् ।

joebhi-carvalo

वर्षको पहिलो साता रिलिज भएका फिल्म फ्लप हुनुका धेरै कारणमध्ये एउटा कारण हो, फिल्मको प्रमोसनका लागि सेलिबि्रटीहरु उपलब्ध नहुनु । २५ डिसेम्बर आउनासाथ बलिउडमा छुट्टीको माहोल हुन्छ र कलाकारहरु आआफ्नै योजनाअनुसार छुट्टी मनाउन हिँड्छन् । यसबाट फिल्मको मार्केटिङक राम्रो हुन सक्दैन । मस्ति र इश्क फिल्मका निर्देशक इन्द्रकुमार भन्छन्, ‘नयाँ वर्षको बिदा मनाएर फर्केकाहरु पनि फिल्मभन्दा आफ्नो कामलाई ध्यान दिन्छन् र सिनेमा हलसम्म जाँदैनन् ।’

वर्षको पहिलो साताको ‘जिङ्स’ लाई तोडेर आगामी शुक्रबार टेलिभिजनका हास्यकलाकार सुनील ग्रोवर (गुत्थीं) अभिनित फिल्म कफी विथ डी रिलिज हुन गइरहेको छ । त्यसपश्चात १३ जनवरीमा आदित्य राय कपुर र श्रद्धा कपुरको फिल्म ओके जानू पनि प्रदर्शनमा आउँदैछ । २६ जनवरीमा शाहरुख खानको रइस र ऋतिक रोशनको काबिल रिलिज हुँदैछन् । यी दुवै फिल्मले सफलताको झण्डा गाड्ने विश्वास गरिएको छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment