Comments Add Comment

रातो नम्बरको अफवाह फैलाएको आरोपमा गायक गायिका पक्राउ

deepak-and-prashana-panday

२० पुस, काठमाडौं । एनसेल नम्बरमा रातो नम्बरको फोन आएको अफवाह फैलाएको आरोपमा गायिका प्राशना पाण्डे र गायक दीपक बराईली पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पाण्डे र बराईलीलाई पक्राउ गरेको हो । प्रशनाले केही दिन अघि आफ्नो मोबाइलमा रातो नम्बरबाट फोन आएको भन्दै फेसबुकमा पोष्ट गरेकी थिइन् ।

साथै विभिन्न अनलाइनलाई त्यही समाचार दिएकी थिइन् । सीआईबीले रातो नम्बरबारे अनुसन्धान गरिरहेको बेला यस्तो आएपछि उनलाई पक्राउ गर्‍यो । र, सोधपुछका क्रममा गायक दीपक बराइली तानिए  ।

सीआईबीका प्रहरी उपरीक्षक मिरा चौधरीका अनुसारका अनुसार दीपकले एक एप प्रयोग गरेर रातो नम्बरबाट कल अाउने बनाएका थिए र त्यसको स्क्रीन सट राखेका थिए ।

त्यही स्क्रिन सटलाई पोष्ट गरेर प्रशनाले आफ्नो मोबाइलमा रातो नम्बरबाट फोन आयो भनेर हल्ला चलाइन् । प्रहरी उपरीक्षक चौधरीका अनुसार दुबैले गल्ती स्वीकार गरेरका छन् र, माफी मागेका छन् ।

तर, के कारबाही गर्ने भन्ने खुलेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment