Comments Add Comment

‘दंगल’ले पार गर्‍यो ३ सय करोड, पछि पर्‍यो सलमानको ‘सुल्तान’

dangal-vs-sultan
बलिउडमा नायक सलमान खानलाई बक्स अफिसका राजा मानिन्छ । तर, सलमानलाई पनि पछि पार्ने अर्का खान छन्, आमिर खान । जसको चलचित्रले बलिउडमा सर्वाधिक धेरै कमाई गर्ने गरेका छन् । सर्वाधिक कमाई गर्ने चलचित्रको सूचीमा आमिर खानकै ‘पीके’ चलचित्र छ ।

बलिउडमा अधिकांश चलचित्र सय करोड कमाउन असफल हुन्छन् । तर, आमिर खानका क्रिसमसमा रिलिज भएको चलचित्र ‘दंगल’ले दोश्रो साताको ६ दिनमै १ सय करोड माथिको व्यापार गरेको छ । यो चलचित्रले दोश्रो साताको ६ दिनमा १०६.८४ करोडको कमाई गरेको छ । योसँगै चलचित्र ३ सय करोड क्लबमा प्रवेश गरेको छ । पहिलो सातामा १९७.५४ करोड कमाएको यो चलचित्रले दोश्रो साताको ६ दिनमा १०६.८४ करोडको कमाई गर्दै ३०४.३८ करोड कमाएको छ ।

योसँगै यो बर्ष सर्वाधिक कमाउने चलचित्रको सूचीमा रहेको सलमान खान अभिनित ‘सुल्तान’को रेकर्ड तोडिएको छ । ‘सुल्तान’को लाइफ टाइम कलेक्शन ३००.५४ करोड थियो ।

केहि दिनमै यो चलचित्रले आमिर खानकै ‘पीके’ चलचित्रको व्यापार तोड्ने पनि पक्का छ । ‘पीके’को लाइफटाइम कलेक्शन ३४० करोड छ । एउटा चलचित्रमा काम गर्न २ बर्ष लगाउने आमिर, जब आउँछन् बक्स अफिसमा सबै रेकर्ड तोडिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment