Comments Add Comment

टाइगरलाई चाहियो सय करोड कमाउने फिल्म

tiger-shrafff-hot
बलिउडका धेरै नायक-नायिकाका लागि सय करोड क्लब सपना नै बन्ने गरेको छ । साहरुख खान, सलमान खान, आमिर खान, अक्षय कुमार बाहेक अन्य कलाकारका चलचित्रले सहजै सय करोडको क्लब छुन सकेका छैनन् ।

गतबर्ष चलचित्र ‘बाघी र फ्लाइङ जेट’बाट सोचेजस्तो सफलता नपाएका बलिउडका नायक टाइगर श्राफ यो बर्ष सफलता खोजिरहेका छन् । यो बर्ष तपाइको चाहना के हो भन्ने प्रश्नमा टाइगरले भारतीय मिडियासँग भनेका छन्-‘यो बर्ष म चाहन्छु कि, मेरो कुनै एक चलचित्रले सय करोड कमाओस् ।’

गतबर्ष उनी अभिनित चलचित्र ‘वाघी’ले सय करोड कमाउने अपेक्षा गरिएको थियो । तर, चलचित्रको व्यापार ८० करोडको आसपासमै अड्कियो । सुशान्त सिंह राजपुत, रणवीर सिंह जस्ता कलाकारका चलचित्रले सय करोड कमाइसकेका छन् । सायद, यसैले पनि टाइगर बलिउडमा स्थापित हुन सय करोडको व्यापार गर्ने चलचित्र खोजिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment