Comments Add Comment

६० जिल्लाबाट सेयर डिम्याट सुविधा, ३ लाख ५१ हजारको खोलियो खाता

img_2292

२५ पुस, काठमाडौं । कागजी रुपमा रहेको सेयर डिम्याट (विद्युतीय अभिलेख राख्ने/अभौतिकिकरण) गर्ने सुविधा देशका ६० जिल्लाबाट प्रदान भइरहेको सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले उल्लेख गरेको छ ।
गत आइतवार भएको सीडीएससीको छैठौं बार्षिक साधारण सभामा दिइएको जानकारी अनुसार गत असारमसान्त सम्ममा ३ लाख ५१ हजार बढि हितग्राही खाता (डिम्याट एकाउन्ट) खोलिएका छन् । यो अवधिसम्ममा सीडीएससीमा कूल दर्ता हुने कम्पनीहरुको संख्या २ सय १३ पुगेको छ भने तस् संस्थाका ९० करोड ७७ लाखबढि कित्ता सेयर डिम्याट भएका छन् ।

सीडीएससीले अघिल्लो आ.व. २०७१/७२ मा ७ करोड ८९ लाख रुपैयाँ आम्दानी गरेकोमा गत आ.व. २०७२/७३ मा ११ करोड ८९ लाख रुपैयाँ आम्दानी गर्न सफल भएको छ । त्यसैगरी समिक्षा अवधिमा खर्च ४ प्रतिशतले वृद्धि भएर ६ करोड ४९ लाख रुपैयाँ खर्च भएको छ ।

गत आवमा कम्पनीले कमाएको खुद नाफा ४ करोड ९९ लाख रुपैयाँ समायोजन गर्दा सञ्चित नोक्सान (स्थगन आयकर आम्दानी समायोजन बाहेक) ४ करोड ४ लाख रुपैयाँ हुन पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment