Comments Add Comment

हाजिरी गर्ने सांसद ४०४: करीव तीन सय सांसद टाप कसेपछि बैठक नै स्थगित

Parliament Meeting 1 (1)

 

२५ पुस, काठमाडौं । सांसदहरु हाजिर गर्दै टाप कसेपछि संसदमा गणपूरक संख्या समेत नपुगेर सभामुख ओनसरी घर्तीले बैठक आघा घण्टा स्थगित गर्नु परेको छ ।

स्थानीय तहको निर्वाचन सम्बन्धी बिधेयकमाथि बिचार गरियोस् भन्ने प्रस्तावको छलफलपछि पारित गर्ने क्रममा गणपूरक संख्या नपुगेपछि सोमबार स्थगित भएको हो ।

नेपाल मजदूर किसान पार्टीका सांसद डिल्लीप्रसाद काफ्लेले गणपूरक संख्यामाथि प्रश्न उठेपछि सचिवालयले टाउको गनेको थियो । सो क्रममा एक सय १६ सासदमात्र उपस्थित देखिए ।

सभामुखका प्रेस सल्लाहकार बबिन शर्माका अनुसार सोमवार जम्मा ४०४ सांसदले हाजिरी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment