Comments Add Comment

महिलाले गराइन् कुकुरको बिहे, धुमधामसँग निस्किए जन्ती

kukurko-biheघरमा आफ्ना छोराछोरीको धुमधामसँग बिहे गर्छन् अभिभावकहरुले । तर भारतको मध्यप्रदेशस्थित श्योपुर जिल्लामा बस्ने एक निसन्तान एकल महिलाले आफ्नो घरमा पालेका दुईवटा कुकुरबीच धुमधामसँग बिहे गरिदिएकी छिन् ।

आफ्नो बच्चाजस्तै माया गरेर पालेको हेेलिकप्टर नामक भाले कुकुर र अम्बिका नामको पोथी कुकुरबीच उनले भव्य बिहे गराइदिएकी हुन् । शारदा जोशी नामकी ती महिलाले व्याण्डबाजा तथ नाचगान सहित घरमा पालेका २ कुकुरबीच बिहे गराइदिइन् ।

केही वर्षअघि लोग्नेसँग सम्बन्ध विच्छेद गरी एक्लै बस्दै आएकी शारदाले नेहरु बजारका भुस्याहा कुकुरहरुको उद्धार गरी पालनपोषण गर्दै आएकी छिन् । उनले घरमा पालेका कुकुरलाई निकै धेरै माया गर्ने गरेकी छिन् । आफैंले पालनपोषण गरेका दुई कुकुरबीच बिहे गरिदिने मनसाय उनले केही दिनअघि स्थानीय केही युवाहरुसँग राखेकी थिइन् । त्यसपछि युवाहरुले कुकुरको बिहेका लागि झण्डै पाँच हजार भारु चन्दा संकलन गरे ।

अन्ततः हेलिकप्टर र अम्बिकालाई नयाँ कपडा लगाइदिएर बेहुला र बेहुली बनाई ब्याण्ड बाजा सहित सहर परिक्रमा गराइयो । हिन्दु परम्परा अनुसार कुकुरहरुबीच बिहे गराइयो । बिहेपछि हल्का भोजको पनि आयोजना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment