Comments Add Comment

ओहो ! कत्रो ठूलो बच्चा

big-baby

अमेरिकी राज्य लुसियानाकी उनको अस्वभाविक रुपमा ठूलो पेट देख्नेले जम्ल्याहा बच्चा जन्माउने अनुमान गरेका थिए । तर, उनले १४.१ पाउण्ड तौलको छोरालाई जन्म दिइन् ।

लुसियानाको लास्वीना हन्टरकी ग्रोवरले गत डिसेम्बर ९ मा चौथो सन्तानका रुपमा लोएल्टी एडोनिसलाई जन्म दिइन् ।

अहिले १ महिना पुगेका उनको तौल १५ पाउण्ड छ भने २ फिट उचाई छ र उनको यस्तो अवस्थापछि ‘द इन्त्रिmडेवल हल्क’को उपनाम दिन थालिएको छ ।

सामान्य रुपमा भर्खरै जन्मिएका शिशुभन्दा उनी निक्कै ठूलो छन् । तीन महिनाको शिशुले लगाउने डाइपर उनलाई जन्मने बित्तिकै लगाउनुपरेको थियो ।

big-baby-1

शिशुकी ४३ बर्षीय आमाले स्थानीय सञ्चारमाध्यमसँग कुरा गर्दै भनेकी छन् कि गर्भावस्थाका बेला उनलाई देख्ने सबैले एकभन्दा धेरै बच्चा जन्मने अनुमान गरेका थिए । ‘मानिसहरु मेरो नजिक आउँथे र भन्थे, ‘ओहो, मेरो बिचारमा जुम्ल्याहा कि अझै तिम्ल्याहा जन्मनेछन् । सम्भवतः एक बच्चाको पछाडि अर्को लुकेको हुनुपर्छ ।’

जब डाक्टरले डिसेम्बरमा बच्चालाई जन्म दिए, आफ्नो बच्चाको आकार देखेर ग्रोवरका पति पनि चकित परेका थिए ।

डाक्टरले जव बच्चा बाहिर निकालेका थिए, ठीक त्यतिबेला मेरा श्रीमान निक्कै चकित बनेर हेरिरहेका थिए, उनको अनुहारमा ‘ओहो कत्रो ठूलो बेबी’ जस्तो भाव देखिन्थ्यो ।

डेलीमेलबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment