Comments Add Comment

घानामा बस दुर्घटना हुँदा कम्तीमा ६० को मृत्यु

९ चैत, काठमाडौं । घानामा शुक्रबार भएको बस दुर्घटनामा कम्तीमा ६० जनाको ज्यान गएको छ ।

राजधानी कारकासदेखि ४३० किलोमिटर टाढा पर्ने बोनो पूर्वी क्षेत्रमा दुई आपसमा ठोक्किएर दुर्घटना भएको त्यहाँका सञ्चार माध्यमहरूले जनाएका छन् ।

सवारी साधनहरू गलत ठाउँमा गुडेकाले दुर्घटना भएको स्थानीय प्रहरी प्रमुख जोसेफ अन्तवी ग्यावुले जानकारी दिए ।

आपसमा बस ठोक्किएपछि बसमा आगलागी भएको बताइएको छ । बस पूर्ण रुपमा नष्ट भएको छट ।

एक आपसमा ठोक्किएका बेला दुवै बसमा पचास पचास जना यात्रु रहेका थिए । ठोक्किएर बसमा आगलागी भएपछि यात्रुहरु बस भित्रै पोलिएको अधिकारीहरुले जनाएका छन् ।

किन्ताम्पो सरकारी अस्पतालका चिकित्सक अवामे अर्हिमले दुर्घटनामा परी घाइते भएका २८ जनाको उपचार भइरहेको जानकारी दिए ।

उनका अनुसार घाइते्मध्ये अधिकांशको टाउकोसहित शरीरका विभिन्न अङ्गमा चोट लाग्नुका साथै कतिपयको विभिन्न अङ्गमा पोलिएको छ । यीमध्ये ७ को अवस्था गम्भीर छ । ।

स्थानीय सञ्चार माध्यमहरुका अनुसार एउटा बसका चालकले नियन्त्रण गुमाएपछि त्यो बस अर्को बससँग ठोक्किएपछि दुर्घटना भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment