Comments Add Comment

इन्टरपोलको क्षेत्रीय सम्मेलनमा नेपाल प्रहरीले सुन तस्करीबारे कुरा उठाउने

२८ पुस, काठमाडौं । आसन्न इन्टरपोल क्षेत्रीय सम्मेलनमा नेपाल प्रहरीले अवैध सुन तस्करीका बारेमा छलफल प्रस्ताव गर्ने भएको छ ।

interpol-logoप्रहरीका अपराध अनुसन्धान बिभाग प्रमुख एआइजी बिज्ञानराज शर्माले आगामी माघ ७,८ र ९ गते काठमाडौंमा हुन लागेको इन्टरपोलको सम्मेलनमा सम्बन्धित देशमा भइरहेको अवैध सुनतस्करीका बारेमा त्यस देशमा इन्टरपोल प्रमुखसँग कुराकानी गरिने जानकारी दिए

प्रहरी मुख्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा एआइजी शर्माले अबैध सुन तस्करीका बारेमा छलफल गरी सुन तस्करीको जालो पहिल्याउने बताए । सम्मेलनमा सुन तस्करीको केन्द्र दुवई नै हो कि अन्य स्थानमा छ भन्नेबारे पनि छलफल हुने शर्माले बताए ।

सम्मेलनमा सहभागी हुन नेपालबाहेक ५२ मुलुकका इन्टरपोल प्रमुखहरु काठमाडौं आउनेछन् । ५० सदस्य मुलुक र ३ पर्यवेक्षकको रूपमा नेपाल अउन लागेका हुन् ।

पत्रकार सम्मेलनमा एआइजी शर्माले बिभिन्न मुलुकहरुका अपराधीको तथ्यांक बिमानस्थलको अध्यागमनसँग नहुँदा अपराधी उम्कने गरेकाले अप्ठेरो परेको गुनासोसमेत गरे ।

सम्मेलनमा नेपाल प्रहरीका आइजीपी उपेन्द्रकान्त अर्यालले मानव वेचविखन विरुद्ध नेपालले चालेको कदम र अहिलेको अवस्थाबारे कार्यपत्र प्रस्तुत गर्नेछन् ।

सम्मेलनमा एशिया प्यासिफिकमा भैरहेको आतंकवाद नियन्त्रणको प्रयास, मानव वेचविखनको अवस्था, संगठित अपराध र साइबर अपराध लगायतका विषयहरुमाथि छलफलको विषय हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment