Comments Add Comment

रुससँग डोनाल्ड ट्रम्पको सेक्स टेप !

donald_trump

२८ पुस, काठमाडौं । अमेरिकी गुप्तचर एजेन्सी सीआईएले रुससँग अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको एक भन्दा बढी सेक्स टेप रहेको विश्वास गरेको खबरहरु आएको छ ।

र, यसकै आधारमा रुसले हृवाइट हाउस सम्हाल्ने तयारीमा रहेका ट्रम्पलाई ब्लाकमेलिङ गर्ने खतरा छ ।

मंगलबार लिक भएको एक मेमोमा ट्रम्पले यौनकर्मीहरुको एउटा समूलाई मस्कोको होटलमा लगेको दाबी गरिएको छ । र, रसिया जासुसी संस्था एफएसबीले गोप्य क्यामरा र माइक्रोफोनमार्फत त्यहाँ भएको सबै गतिविधि कैद गरेको उक्त मेमामा दाबी गरिएको छ ।

अमेरिकी राष्ट्रपति भए लगतै ट्रम्पले यसलाई झुटो समाचार भन्दै पटक पटक खण्डन गरेका छन् ।

तर, अमेरिकी सञ्चार माध्यमहरुमा लगातार यो खबर आइरहेको छ । पछिल्लो पटक बीबीसीका वासिङटन सम्वाददाता पल वेडले बोलेका छन् । उनका अनुसार सीआईएलाई लाग्छ कि रुससँग ट्रम्पको एक भन्दा बढी सेक्स टेप छन् । र, अमेरिकी चुनाव अघि नै एक संस्थाले आफूलाई सतर्क गराइएको थियो । तर, नदेखेकाले नपत्याएको उनले बताए ।

तर, यसबारे अध्ययन गरिरहेका सीआईएका एक अधिकारीसँग अप्रत्यक्ष सम्वादका गरेको पल वुडले बताए । उनले भने, मैले जवाफ पाएँ कि एक होइन थुप्रै टेप छन् । अडियो र भिडियो दुबै । अलग अलग तरिकाका र एक नभई धेरै ठाउँका । मस्कोको रिट्ज कार्लटन र सेन्ट पीटरबग्र्सको पनि ।

ट्रम्पले नोभेम्बर २०१३ मा मस्कोको यात्रा गरेका थिए । र, यो टेप त्यही बेलाको हुनसक्ने अनुमान छ ।

ट्रम्पका समर्थकहरुले भने यसलाई राजनीति प्रेरित आक्रमण भनेका छन् । स्वयंम ट्रम्पले ट्वीट गर्दै सोधेका छन्, के हामी नाजी जर्मनीमा बसिरहेका छौं ?

उनले यो रोगी मानसिरकता भएको मानिसले लेखेको मेमो भएको र, यसमा बकवास कुरा मात्र रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment