Comments Add Comment

नायब सुब्बा तयारीका दुई पुस्तक

काठमाडौं । लोकसेवा आयोगले निजामती सेवाको राजपत्र अनंकित प्रथम श्रेणी अर्थात् नायब सुब्बाको विज्ञापन खुलाइसकेको छ ।

nayab-subbaलोकसेवा परीक्षा पास गरी नायब सुब्बा बनेर सरकारी जागिर खाने ध्याउन्नमा रहेकाहरु अहिले परीक्षाको तयारीमा व्यस्त छन् । तपार्इ पनि नायब सुब्बाको तयारी गरिरहनु भएको छ भने परीक्षा तयारी कसरी गर्ने ? भन्ने जानकारी सहितका उपयोगी दुई पुस्तक बजारमा आएका छन् ।

लोकसेवा आयोगका विभिन्न तहका परीक्षा तयारी सम्बन्धी पुस्तकका लेखक तथा लोकसेवा तयारी सम्बन्धी परामर्शदाता यदु नेपालले नायब सुब्बाको प्रथम तथा दोस्रो पत्रका दुई पुस्तक बजारमा ल्याएका हुन् ।

प्रथम चरण अन्तरगत प्रथम पत्रको सामान्य ज्ञान र सामान्य बौद्धिक परीक्षण विषय तथा दोस्रो चरण अन्तर्गत दोस्रो पत्रको सामाजिक आर्थिक व्यवस्था, विषयगत प्रश्नोत्तर र परीक्षा तयारीका तरिकाहरु समेटेर पुस्तक तयार गरिएको लेखक नेपालले जनाएका छन् ।

प्रथम पत्रको सामान्य ज्ञान र सामान्य बौद्धिक परीक्षणको पुस्तकमा पाठ्य सामाग्रीका अतिरिक्त पूराना प्रश्नहरुको समाधानका साथै पछिल्लो आवधिक योजना, आर्थिक सर्भेक्षण, मौदि्रक नीति लगायतका अद्यावधिक जानकारी तथा तथ्यहरु समावेश गरिएको उनले बताए ।

त्यस्तै नायब सुब्बा दोस्रो पत्रको पुस्तकमा पाठ्यक्रम अनुसारको पाठ्य साामग्रीका साथै विगतमा सोधिएका प्रश्न र नमूना प्रश्नहरुको उत्तर सहितको प्रश्नोत्तर खण्ड समावेश छ ।

सोही पुस्तकको तेस्रो खण्ड नायब सुब्बा सफलताका रहस्य भन्ने विषयवस्तु राखिएको छ । जसमा लोकसेवाको परीक्षाको तयारी, तयारी तथा परीक्षामा समयको व्यवस्थापन, अध्ययनकला तथा लेखन सीप लगायतका विषय समेटिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment