Comments Add Comment

कृषि परियोजनाका लागि डेढ करोड लगानी

jta-krishi-prabidhik
२ माघ, इलाम । व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट)ले इलामका कृषक तथा उद्यमीलाई डेढ करोड बराबरको कृषि परियोजना प्रदान गरेको छ ।

जिल्ला पशुसेवा कार्यालयमार्फत सरकारको कृषि विकास मन्त्रालयअन्तर्गत सञ्चालित प्याक्टले दूधजन्य पदार्थको उत्पादन, प्रशोधन र वितरणका लागि परियोजना प्रदान गरेको हो ।

एडिबीको सहयोगमा विगतमा पनि इलामका किसान तथा उद्यमीलाई विभिन्न परियोजनामार्फत जीविकोपार्जनमा सहयोग पु¥याउन महत्वपूर्ण परियोजनामार्फत सहयोग गर्दै आएको छ ।

हाल प्रतिव्यावसायिक फार्म र सहकारीलाई न्यूनतम रु तीन लाख र अधिकतम रु चार लाखसम्म सहयोग उपलब्ध गराउन लागिएको जिल्ला पशुसेवा कार्यालय, इलामका प्रमुख डाक्टर पशुपति ढुङ्गानाले बताए ।

चिज, घ्यू, छुर्पी उत्पादन गर्दै आएका व्यावसायिक डेरी, सहकारी संस्था र फार्मले प्रस्तावना पेस गरेकामा उनीहरूसँग सम्झौता गर्ने तयारी गरिरहेको पशुसेवा कार्यालयले जनाएको छ ।

सैँतिसवटा फार्म तथा सहकारी संस्थासँग अनुदान सम्झौता गरिने तयारी गरिएको प्रमुख ढुङ्गानाले जानकारी दिए। परियोजनाका लागि कृषक तथा उद्यमीले जिल्लाभरबाट ४५ वटा प्रस्ताव पेस गरेका छन् ।

आवेदकले पानीको ट्याङ्की निर्माण, अत्याधुनिक गोठ निर्माण, क्रिम सेपरेटरको, डेरी भवन निर्माण, मर्मत सम्भार गर्न, सोलार ड्रायर, छुर्पी च्याप्ने हाड्रोलिक मेसिन, डिप फ्रिज तथा दूध प्रशोधनका लागिसमेत परियोजना पेस गरेका छन् ।

परियोजना सम्पन्न गरिसकेपछि मात्र फार्म र सहकारीले रकम भुक्तानी पाउने व्यवस्था गरिएको छ । आवेदकले कुल परियोजनाको ७५ प्रतिशत रकम अनुदान पाउने व्यवस्था रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment