Comments Add Comment

एनसेलसँग लाभांश कर उठाउन लेखा समितिको निर्देशन

सबै कर नतिरेसम्म फोर जी सञ्चालन प्रक्रिया रोक्न सांसदको माग

२ माघ, काठमाडौं । व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले एनसेलसँग पूँजीगत लाभांश कर तत्काल उठाउन सरकारलाई निर्देशन दिएको छ ।

ncell-new-axiataएनसेलले १५ प्रतिशत र एनसेलको ९० प्रतिशत शेयर लिएको टेलिया सोनेराबाट १० प्रतिशत कर उठाउन गरेको ताकेता पूरा नभएको भन्दै तीन महिनाभित्रै काम गूरा गर्न समितिले सरकारलाई निर्देशन दिएको हो ।

समितिका जेष्ठ सदस्य सर्वेन्द्रनाथ शुक्लको अध्यक्षतामा समितिको बैठक आइतबार बसेको थियो ।

यस्तै समितिले एनसेलको शेयर खरिद बिक्रीबापतको कर नउठाउने व्यक्तिमाथि छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि पुनः निर्देशन दिएको छ । यसअघि गत चैत १६ गतेभित्र कर उठाउनका लागि दिइएको निर्देशन अनुसार प्रतिवेदन प्राप्त नभएको भन्दै समितिले अख्तियारलाई पुनः निर्देशन दिएको हो ।

समितिले एनसेल खरिद बिक्रीमा भएको प्रगतीको बारेमा आन्तरिक राजस्व विभाग र ठूला करदाता कार्यालयसँग सम्पूर्ण प्रगती विवरण पनि माग गरेको छ ।

बैठकमा अर्थसचिव शान्तराज सुवेदीले आगामी केही महिनाभित्रै कर निर्धारण गरेर उठाउने समितिलाई जानकारी गराए ।

बैठकमा समिति सदस्यहरु रामहरि खतिवडा, ममता गिरी, उषा गुरुङ लगायतका सांसदहरुले एनसेलले तिर्नुपर्ने सम्पूर्ण कर भुक्तानी नगरेसम्म फोरजी सञ्चालन प्रक्रिया रोक्नुपर्ने बताएका थिए ।

संसदको अर्थ समितिले पनि एनसेलको पूँजी वृद्धिलगायत नयाँ योजना रोक्न यसअघि नै निर्देशन दिएको थियो । समितिको निर्देशन अनुसार नै दुरसञ्चार प्राधिकरणले एनसेललाई फोरजी सेवा सञ्चालन गर्न दिने निर्णय गर्न सकेको छैन । एनसेलले आफनो पूँजीको लाभांश बापत अझै २५ अर्ब कर सरकारलाई बुझाउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment