बलिउड निर्देशक करण जोहरको बायोग्राफीले भारतमा निकै तरंग ल्याइरहेको छ । उक्त बायोग्राफीमा करणले थुप्रै विवादास्पद विषयवस्तुहरु समावेश गरेका छन् ।
काजोलसँगको सम्वन्ध टुटेको विषयमा करणले गरेको टिप्पणीले मिडियामा निकै स्थान पाएको थियो । अहिले उनको यौन जिवनको विषयमा उनले गरेको खुलासाले चर्चा पाइरहेको छ । करणले अमेरिकामा जीवनको पहिलो सेक्स अमेरिकामा एक वेश्यासँग गरेको पुस्तकमा उल्लेख गरेका छन् । आफू २६ वर्षको हुँदा अनुभव बटुल्नका लागि पैसा दिएर पहिलोपटक सेक्स गरेको उनको भनाई छ । आफूले दुईपटक वेश्यासँग सेक्स गरेको उनले लेखेका छन् ।
सेक्स गरिसकेपछि आफूले आफूलाई घृणित महसुस गरेको भन्दै करण लेख्छन्, ‘त्यो सम्वन्ध बनाएपछि मलाई राम्रो लागेन किनकी त्यो पैसा दिएर पाएको बनावटी आनन्त थियो ।’
करणले अगाडि लेखेका छन्, ‘म मानिसहरु सोच्छन् कि म यति धेरै यात्रा गर्छु भने मैले पक्कै धेरै जनासँग सम्वन्ध राखेको हुँला । तर यस्तो छैन । म अहिले कसैसँग पनि प्रेममा छैन ।’ -एजेन्सी