Comments Add Comment

ममताको उपचारका लागि १० लाख ३५ हजार रुपैयाँ सहयोग

mamata-sahayog४ माघ, काठमाडौं । स्वर्गीय पत्रकार कर्ण बोहराकी पत्नी ममतालाई धनगढीका सञ्चारकर्मी र नागरिक समाजका तर्फबाट संकलित १० लाख ३५ हजार आठ सय ७१ रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ ।

‘ममता बचाऊ’ अभियानका सदस्य तथा सामुदायिक रेडियो प्रशारक संघ (अकोर्‍याव)का ७ नम्बर प्रदेशका अध्यक्ष दीर्घराज उपाध्यायले उक्त रकमका लागि चेक हस्तान्तरण गरेका हुन् ।

सामाजिक सञ्जाल, पत्रिका र रेडियोमार्फत ममताको उपचारका लागि सहयोग गर्न आहृवान गरेपछि उक्त रकम संकलन भएको थियो । उपाध्यायले सहयोगी सबैप्रति आभार व्यक्त गरेका छन् ।

दुबै मिर्गौला फेल भएपछि आर्थिक अभावका कारण उपचार गराउन नसकिरहेकी ममताको उपचारका लागि पत्रकार, शिक्षक, विद्यालय सञ्चालक, पेशाकर्मी, व्यवसायी र सर्वसाधारणले सहयोग गरिरहेका छन् ।

ममताको उपचारका उपाध्यायसँगै नेपाल पत्रकार महासंघका पूर्वउपाध्यक्ष डीआर पन्त, उमीद बागचन्द, केन्द्रिय सदस्य दिल बहादुर छत्याल, न्यूज २४ टेलिभिजनका सुदूरपश्चिमका व्युरो प्रमुख दीपक उपाध्याय, सुदूर सन्देश दैनिकका प्रकाशक सम्पादक हेमन्त पौडेल, दिनेश एफएमका समाचार प्रमुख शिवराज शिवराज भट्ट, नेपाल पत्रकार महासंघ डोटीका पूर्वअध्यक्ष टेकेन्ऽ देउवा, गोदावरी एफएमका प्रबन्ध निर्देशक गोविन्द रोस्यारा, एसटीएस टेलिभिजनका बिराज रोस्यारा, साहित्यकार पदमराज जोशीलगायतका सञ्चारकर्मीको अगुवाईमा सहयोग संकलन भइरहेको छ ।

अभियानमा नागरिक समाजका तर्फबाट कृषि विकास बैंक क्षेत्रीय तालिम धनगढीका पूर्वप्रमुख जनकराज पाण्डेयले अगुवाइ गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment