Comments Add Comment

‘प्रियंका चोपडाको फिल्ममा छानिएपछि एक्साइटेड छु’

manju-kc

मन्जु क्षेत्री, मोडल/अभिनेत्री

बलिउड अभिनेत्री प्रियंका चोपडाले नेपालभाषी चलचित्र बनाउने घोषणा गरेकी थिइन् । पर्पल पिबल प्रोडक्सन ब्यानरमा बन्ने फिल्मको नाम समेत न्वरान गरिएको थियो, ‘पौवा’ ।

आमाबुवाबाट विमुख बालिकाको कथा समेटिने बताइएको उक्त फिल्म सिक्किमको सेरोफेरोमा छायांकन गरिनेछ । यसै मेसोमा ‘पौवा’का लागि नेपाली कलाकार मन्जु क्षेत्री छनौट भएकी छिन् ।

करिब दुई महिनाअघि सिक्किममा लिइएको अडिसनबाट उनी छानिएकी हुन् । नेपाली हास्य टेलिऋंखला ‘मेरी बास्सै’ लगायत हिन्दी टेलिऋंखला र विज्ञापनमा अभिनय गरिकसकेकी मन्जुसँग अनलाइनखबरले गरेको टेलिफोन कुराकानी-

प्रियंका चोपडाको फिल्म ‘पौवा’मा खेल्ने पक्कापक्की भैसकेको हो ?
अब पक्का जस्तै भयो । उता (मुम्बाई)बाट फोन आइसक्यो ।

के भनेर फोन आयो ?
त्यै, सेलेक्ट भएको कुरा । मुम्वाईबाट सिक्किममा अडिसन लिन आउनुभएको थियो । अडिसन एकदमै टफ थियो । त्यसैले अलि अलि डर लागिरहेको थियो । तर, पछि मुम्बाईबाट कास्टिङ डाइरेक्टरको फोन आयो, ‘तिमी छनौट भयौ’ भनेर ।

कस्तो महसुष भयो ?
आइ वास रियल्ली एक्साइटेड ।

अडिसन कसरी लिइएको थियो ?
मलाई तीन वटा सिचुएसन दिइएको थियो । त्यसमध्ये एउटामा मैले गर्भवतीको व्याथा लाग्दा कस्तो हुन्छ भनेर देखाउनुपर्ने । अर्कोमा सानो बच्चालाई माया गरेको र अन्तिममा रिसाएको अभिनय गर्न लगाएको थियो ।

त्यस्तो अभिनय गर्दा उनीहरुले कस्तो प्रतिक्रिया दिए ?
त्यहाँ खासै प्रतिक्रिया दिएन । पछि एकैचोटी सेलेक्ट भएको फोन आयो । मलाई त अडिसन दिएको बेलासम्म थाहा थिएन कि, त्यो प्रियंका चोपडाको फिल्मको लागि हो भनेर । पछि मात्र थाहा भयो ।

तपाईलाई कस्तो भूमिका दिनेछ ?
त्यो कुरा टुंगो लागेको छैन । भूमिकाबारे केहि भनेको छैन । तर, स्ट्रोङ भूमिका नै दिन्छ जस्तो लागेको छ ।

सुटिङ कहिलेदेखि हुन्छ ?
फेब्रअरी १५ देखि वर्कसप सुरु हुने भनेका छन् । त्यो १५ दिनको हुन्छ रे । त्यसपछि मार्चको पहिलो साताबाट फिल्म सुटिङ थाल्ने कुरा छ । ३५ दिनमा सुटिङ सकाउने उनीहरुको अपेक्षा रहेछ ।

पारिश्रमिकको कुरा नि भयो ?
त्यसबारे केहि कुरा भएको छैन ।

कलाकारिता कहिलेदेखि सुरु गर्नुभयो ?
२०१४ बाट सुरु गरेकी हुँ । त्यसबेला सिक्किम सरकारको ‘अग्र्यानिक मिसन’मा कार्यक्रम गर्न मेरी बास्सै टिम आएको थियो । उनीहरुले लिएको अडिसनमा म सेलेक्ट भएँ । मैले त्यहीबाट अभिनय सुरु गरें । त्यसपछि मैले हिन्दी मुभीका पनि एउटा रोल पाएँ । त्यो रिलिज भएको छैन । हिन्दी नेशनल टिभीको ‘सम्पूर्ण’ भन्ने सिरियलमा पनि मैले अभिनय गरेकी छु ।

तपाईको पारिवारिक पृष्टभूमी ?
मेरो घर सिक्किमको रंगोलीमा हो । मेरो बुवा हुनुहुन्न । उहाँ र माइली दिदीलाई पहिरोले लग्यो । मलाई आमाले दुख गरेर हुर्काउनुभयो ।

पढाई नि ?
मैले सिक्किम मनिपाल विश्वविद्यालयबाट मानव संसाधन विषयमा स्नातक गरेकी छु । साथै अन्डर हाइड्रो पावर प्रोजेक्टमा कार्यरत छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment