Comments Add Comment

कपिल शर्माले फिल्म बनाउने

kapil sharmaभारतीय टेलिभिजनको कमेडी शोबाट नाम कमाएका कलाकार कपिल शर्मा चाँडै नै फिल्म निर्माता बन्ने भएका छन् । यसअघि उनले ‘किस किसको प्यार दुँ’ नामक फिल्ममा प्रमुख भूमिकामा अभिनय गरेका थिए ।

२५ वषिर्य कपिलले सामाजिक सञ्जाल ट्वीटरमा आफूले फिल्म निर्माण गर्न लागेको खुलासा गरेका हुन् । उनले आफ्नो फिल्मको नाम ‘फिरंगी’ रहने पनि जानकारी गराएका छन् । फिल्मका बारेमा अरु विवरण आएको छैन ।

कपिल हाल सोनी टेलिभिजनमा प्रशारण हुने ‘दि कपिल शर्मा शो’ सञ्चालन गर्दैछन् । – एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment