Comments Add Comment

अष्ट्रेलियाका तीन शहरमा तामाङ ल्होसारको तयारी

lohsar-australiaसिड्नी । अष्ट्रेलियाका तीन शहर सिड्नी, मेलवर्न र एडिलेडमा तामाङ ल्होसार २८५३ को तयारी सुरु भएको छ । तामाङ ल्होसारको तयारीमा जुटेका पाल्देन लामाका अनुसार डोम पोलिस्की सेन्टरमा हुने कार्यक्रमको प्रमुख अतिथिका रुपमा एडिलेडमा दक्षिण अष्ट्रेलिया सरकारका बहुसाँस्कृतिक मामिला सम्बन्धी मन्त्री जोय बेटिसन सहभागी हुनेछन् । यस्तै प्रतिपक्षी लिबरल पार्टीकी नेतृ तथा सांसद जिङ्ग ली विशेष अतिथिको रुपमा उपस्थित हुनेछिन् ।

कार्यक्रममा त्यहाँ लर्ड मेयर मार्टिन ह्यास पनि नेपालीहरुको जमघटमा उपस्थित हुनेछन् । जनवरी ३० तारिक सोमबार साँझ पाँच बजे सुरु हुने कार्यक्रममा नेपालबाट कलाकार बुद्धि तामाङ (हैट), रोज मोक्तान पनि सहभागी हुनेछन् ।

कार्यक्रममा सबैलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । एडिलेडबासी सबैलाई कार्यक्रममा सहभागी हुन आग्रह गरिएको छ ।

lohsar-australia-2

फेब्रुअरी ३ तारिकमा भिक्टोरियाको मेलवर्नमा तामाङ ल्होसारको कार्यक्रम आयोजना हुनेछ । कार्यक्रमको तयारी तिव्र रुपमा भइरहेको आयोजक मध्यका एक चितकुमार लामाले अनलाइनखबरलाई जानकारी दिए ।

त्यस्तै जनबरी २८ तारिक शनिबार सिड्नीमा हुने तामाङ ल्होसार कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाली दूतावास क्यानवेराका कार्यवाहक राजदूत राजेन्द्र पाण्डे सहभागी हुनेछन् । सिड्नीमा क्रियाशील सबै सामाजिक संघ संस्थाका प्रमुखहरुलाई विशेष अतिथिको रुपमा निम्तो गरिएको आयोजक दिल तामाङले बताए ।

कार्यक्रममा नेपालबाट अतिथि कलाकार रोज मोक्तान र बुद्धि तामाङले विशेष प्रस्तुती प्रस्तुत गर्नेछन् । अष्ट्रेलियामा क्रियाशील प्रतिभाशाली कलाकार दिल तामाङ, फुर्वा तामाङ, विकास उप्रेती, सगुन लामा लगायतको पनि प्रस्तुती रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment