Comments Add Comment

जब्बर महिला: जसका विभिन्न राज्यमा दर्जन श्रीमान छन्

‘मर्दका सय स्वास्नी’ भन्ने उखान अहिले गैरकानूनी भैसक्यो । किनकि कानुनले बहुविवाह गर्न निषेध गरेको छ र कानूनविपरीत एक भन्दा बढी श्रीमती भित्राउने पुरुषले जेलको हावा खानुपर्छ । पुरुषलाई धेरै जोई भित्राउन कानुनले रोकेर के भो त ? यो मामिलामा महिलाहरु एक कदम अघि बढ्न थालेछन् । यस्तै घटना भारतमा भएको छ ।

भारतका नोएडा पुलिसले केही दिन पहिले एक महिलालाई गिरफ्तार गर्यो । गिरफ्तारमा परेकी ती महिलाले एक जना पुरुषसँग मात्र होइन, एघार जना पुरुषसँग बिहे गरेकी छन् । उनले ११ जना पुरुषलाई दुलाहा बनाउँदै ठगिसकेकी छिन् । पुरुषसँग बिहे गर्ने, केही दिन घरमा नम्र भएर बस्ने र केही दिनपछि श्रीमानको घरको पैसा तथा गरगहना लिएर भाग्ने गर्दिरहिछन् उनी ।

२६ वर्षकी मेघा भार्गव नामकी ती महिलाले झण्डै एक दर्जन पटक बिहे गर्नुको कारण नै केवल पैसा कमाउनुु थियो ।

बिहेपछि श्रीमानको घर जाने र केही दिनपछि श्रीमान र उसका परिवारलाई खानेकुरामा निद्राका गोली खुवाएर बेहोस बनाई पैसा र गरगहना लिएर भाग्ने गर्थिन् उनी । बिहेको नाममा मेघाले गर्ने यस्तो धन्दामा उनकी दिदी तथा भिनाजुले पनि सहयोग गर्थे । न भारतका अलग-अलग ११ राज्यमा ११ जना पुरुषलाई आफ्नो सिकार बनाइसकेकी छिन् ।

प्रहरीले ठगीमा संलग्न मेघा र उनका दिदी भिनाजुसमेतलाई पक्रेपछि यो रहस्य खुलेको छ । उनीहरु त्यहाँ एक फ्लाट भाडामा लिएर बसिरहेका थिए ।

तीन जना मिलेर सुरुमा यस्तो युवक खोज्दा रहेछन् जसको उमेर ढल्किसक्दा पनि बिहेका लागि केटी पाएको छैनन् तर सम्पत्ति प्रशस्त छ । ठगीमा पर्ने पुरुष धनसम्पत्ति प्रशस्त रहेका तर डिभोर्स गरेका तथा अपांग समेत रहेका छन् ।

त्यसरी खोजीसकेपछि मेघाका दिदी भिनाजुले विभिन्न सूत्र लगाएर बिहेको कुरा चलाउँथे र मेघासँग उक्त पुरुषको बिहे गरिदिन्थे ।

बिहे गरेर मेघा लोग्नेको घर जान्थिन् । केही दिन त्यहाँ बसेर नगद तथा गरगहना राख्ने ठाउँ पत्ता लगाउँथिन् । त्यसपछि एकदिन घरका सबैजनालाई निद्रा लाग्ने गोली खुवाई पैसा तथा गहना लिएर फरार हुन्थिन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment