Comments Add Comment

माछाको जस्तो पखेटा भएका यी हुन् वास्तविक जीवनका जलपरी

यो धर्तिमा सबैभन्दा भाग्यमानी प्राणी मानिसलाई नै मानिन्छ । त के, कोही मानिस आफ्नो रुपलाई बदलेर माछाको रुप धारण गर्न चाहन्छ होला ? अमेरिकामा केही मानिसहरु यस्तै लफडामा लागेका छन् ।

अमेरिकी महिलाहरुको एउटा समुह वास्तविक जीवनको जलपरी बन्नेतर्फ अग्रसर भइरहेको छ । यो समुहका सदस्यहरु ३ हजार ५ सय डलर खर्च गरेर आफूलाई जलपरी बनाउन लागिपरेका छन् । जलपरी बन्नकालागि आफ्नो शरीरमा सिलिकनको पुच्छर जडान गर्न उनीहरुले यति रकम खर्च गरेका हुन् । यो समुह वास्तवमै धरतिमा आफ्नो जीवन त्यागेर स्थाईरुपमै समुद्री जीवन बाँच्नका लागि मरिमेटिरेको छ ।

गत वर्ष नर्थ क्यारोलिनामा संसारभरका १०० व्यक्तिहरु जलपरी महोत्सवमा सहभागी भए । उनीहरु सबैले माछाको जस्तै पखेटा र पुच्छर आफ्नो शरीरमा जडान गरेका थिए । उनीहरुले ओलम्पिक पुलमा घन्टौं समय बिताए ।

उक्त महोत्सवकी एक सहभागी ३२ वषिर्या क्याटलिन निल्सन आफूलाई आधि मानिस र आधि माछा भन्न रुचाउँछिन् । डिज्नी मुभी हेरेपछि उनलाई जनपरी बन्ने अभिलाषा पैदा भएको थियो । अर्की जलपरी एड ब्राउन भन्छिन्, ‘जब म पुच्छर लगाएर पानीमुनी पस्छु, त्यतिबेला सबै जादुमय लाग्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment