Comments Add Comment

शरीरमा १ सय ३ टाटु बनाएकी कीर्तिमानी युवती

हरेक चिजको आफ्नो एउटा समय हुन्छ, जसलाई मानिसहरुले ट्रेण्डको रुपमा फलो गर्दछन् । जस्तोकि आजकल मानिसहरुमा टाटु बनाउने शौख देखिन्छ र मानिसहरुले यसलाई एक फेसन ट्रेण्डको रुपमा पनि अंगीकार गर्ने गरेका छन् । युवाहरुको यही क्रेजका कारण सहरका विभिन्न स्थानमा टाटु खोपाउने पार्लरहरुमा मानिसहरुको राम्रै जमघट देखिन्छ ।

मानिसले आफ्नो जिउका विभिन्न ठाउँमा टाटु खोप्छन् । कतिपयले त निकै असजिलो तथा गोप्य ठाउँमा समेत टाटु बनाएको पाइन्छ । कोही मानिस चाहिँ जिउभरी नै टाटु बनाउनसमेत पछि पर्दा रहेनछन् । आज हामीले एकजना यस्ती युवतीको बारेमा कुरा गर्दैछौँ, जसले आफ्नो शरीरमा १ सय ३ वटा टाटु खोपेर कीर्तिमान कायम गरेकी छन् ।

भारतको मुम्बइमा बस्ने तेजस्वी प्रभुलकर नामकी युवती अहिले २१ वर्षकी भइन् र कलेजमा पढ्दैछिन् । उनको शरीरमा सायद यस्तो ठाउँ बाँकी छैन जहाँ टाटु खोपिएको नहोस् । उनले १७ वर्षकी हुँदादेखि शरीरमा टाटु बनाउन सुरु गरेकी थिइन् । चार वर्षको समयमा उनले जिउमा १सय ३ वटा टाटु बनाएर कीर्तिमान कायम गरेकी छन् ।

टाटुप्रतिको शौख पूरा गरेर कीर्तिमान कायम गर्नु सजिलो थिएन । उनका बाबुआमा समेत उनको त्यस्तो शौखप्रति असन्तुष्ट थिए । उनलाई छोरीले जिउमा टाटु बनाएको मन पर्दैनथ्यो । छोरीले टाटु बनाएमा बिहे हुँदैन भन्ने उनका आमाबुवाको धारणा थियो । तर तेजस्वीले यस्ता कुनै पनि कुराको परवाह गरिनन् । अहिले त उनले जिउमा टाटु बनाउनुलाई आफ्नो पेशा नै बनाएकी छिन् । उनले अरुको जिउमा टाटु खोपाइदिने टाटु आर्टिस्ट तथा मोडेलको पेशा गर्दै आएकी छिन् ।

तेजस्वीका अनुसार उनको शरीरमा बनाइएका हरेक टाटुको भिन्न भिन्न अर्थ छ जसले उनको जिवनमा खास अर्थ राख्दछ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment