Comments Add Comment

दलहरुको बेमेलले संविधान संकटमाः प्रकाशमान सिंह

१९ माघ, ललितपुर । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधान रक्षाका लागि सबै दलहरु एकजुट हुनुपर्ने बताएका छन् ।

बुधबार ललितपुरमा आयोजित एक कार्यक्रममा नेता सिंहले दलहरु बीचको अविश्वासले मुलुकमा राजनीतिक संकट बढ्दै गएकाले संविधान नै खतरामा पर्नसक्ने उनले बताए ।

उनले भने, ‘दलहरुले आपसी मतभेद छाडेर संविधानको कार्यान्वयन र अहिलेको ब्यवस्था रक्षाकालागि सबै दल लाग्नुपर्छ ।’

राजनीतिक दलहरुबीचको असमझदारीका कारण लोकतन्त्र कमजोर भएको कुराबाट पाठ सिक्नुपर्ने उनले बताए । दलहरु बीचको बेमेलको परिणाम बहालवाला प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार बनाउनुपरेको तितो यथार्थलाई नभुल्न पनि उनले सबै दलहरुलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment