Comments Add Comment

अल्ट्रा धाविका मिरा राई सम्मानित

२१ माघ, काठमाडौं । नेपाली अल्ट्रा धाविका मिरा राईलाई हिमाली कला संघले शुक्रबार सम्मान गरेको छ ।

नेशनल जियोग्राफीले सन् २०१७ का लागि घोषणा गरेको एड्भेन्चरर्स अफ दि इयरको पिपुल्स च्वाईस अवार्ड जितेर देशको शीर उच्च बनाउने काम गरेको भन्दै राईलाई संघले सम्मान गरेको हो।

रिपोर्टर्स क्लब नेपालमा आयोजित कार्यक्रममा मिरा राईलाई दोसल्ला र ताम्रपत्रले सम्मान गरे ।

कार्यक्रममा मिरा राईले अझै पनि देशको नामलाई उचाईमा पुर्‍याउन र भावि पुस्ताका भाइबहिनीलाई पनि उत्साहित बनाउनमा आफू प्रतिवद्ध रहने बताइन् ।

उक्त कार्यक्रममा बालाजु कराते एकेडेमीका अध्यक्ष एवम् अन्तराष्ट्रिय रेफ्री धुव्र विक्रम मल्ललाई पनि सम्मान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment