Comments Add Comment

खुमलटारमा ‘आईटी हब’ बनाउने सरकारको घोषणा


२१ माघ, काठमाडौं । सरकारले ललितपुरको खुमलटारस्थित रेडियो नेपालको स्वामित्वमा रहेको जग्गा नेपाल दूरसञ्चार प्राधिकरणको भवन निर्माणका लागि उपलब्ध गराउने भएको छ ।

शुक्रबार सूचना तथा सञ्चार मन्त्रालयलमा पत्रकार सम्मेलन गरी सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले प्राधिकरणको भवन निर्माणका लागि रेडियो नेपालको एक सय ६० रोपनीमध्ये ३० रोपनी प्राधिकरणलाई उपलब्ध गराउने जानकारी दिए ।

प्राधिकरणले ‘आईटी हव’ र अत्याधुनिक भवन निर्माणका लागि जग्गा माग गरेपछि सरकारले रेडियो नेपालको स्वामित्वको जग्गा प्राधिकरणलाई उपलब्ध गराउन लागेको मन्त्री कार्कीले बताए । जग्गा उपलब्ध गराएसँगै रेडियो नेपालले २ अर्ब रुपैयाँ पाउनेसमेत मन्त्री कार्कीले बताए ।

कार्यक्रममा मन्त्रालयले सरकार गठन भएको ६ महिनासम्म गरेका कार्य प्रगति विवरण पनि सार्वजनिक गरिएको छ । आमसञ्चार नीति २०७३ लाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सुझाव समिति गठन गरिएको, संघीयता कार्यान्व्यनका लागि मन्त्रालय र मतहतका निकायको कार्यक्षमताको विश्लेषण र संगठनात्मक संरचनाको बारेमा अध्ययन गरिएको मन्त्रालयको कार्य प्रगति विवरणमा उल्लेख गरिएको छ ।

नेपालका सबै सूचना एकै ठाउँमा एकत्रित गरेर जानकारी गराउन सूचना विभागमा ‘इन्फरमेसन हब’ निर्माणको प्रक्रिया अघि बढेको मन्त्री कार्कीले बताए ।

मन्त्रालयले हुलाकलाई सामुदायिक सेवा तथा सूचना केन्द्रको रुपमा विकास गर्ने प्रक्रिया अघि बढाएको पनि जानकारी दिइएको छ । त्यसैगरी मन्त्रालयले मातहतका सार्वजनिक संस्थान तथा निकायहरुमा रिक्त रहेका पदाधिकारी र सदस्यहरुको नियुक्ति र मनोनयनका लागि कार्यविधि र मापदण्ड स्विकृत गरी काम अघि बढाएको पनि जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment