Comments Add Comment

अब चालकको मात्र होइन, बटुवाको पनि मापसे चेकिङ !

गाडी चालकले मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको पत्ता लगाउन मापसे चेकिङ गरिन्छ । मापसे चेकिङमा केवल चालक मात्र पर्ने गरेका थिए र गाडीमा बस्ने अरुहा हा… गर्न लगाइन्न हामीकहाँ । अझ बाटो हिँड्नेे बटुवाको मापसे चेकिंग त हुँदै हुन्न । तर नामिबियामा भने अब बाटो हिँड्ने पैदलयात्रीको समेत मापसे चेकिंग हुने भएको छ ।

यद्यपि बाटोमा हिँडिरहेका सबै बटुवाको मापसे चेकिंग हुने भने होइन । यदि कोही मानिसलाई गाडीले ठक्कर दिएको अवस्थामा गाडी चालकसँगै ठक्कर खाने मानिसको समेत मापसे चेकिंग गरिने भएको छ ।

 

राजधानी विन्डहोक पुलिसले गाडीले ठक्कर दिएर कुनै मानिस घाइते भएको घटनामा गाडी चालक र घाइतेलाई समान रुपमा हेर्नेछ र दुबैको मापसे परीक्षण गर्नेछ ।

प्रायः पैदलयात्रीहरुलाई गाडीले ठक्कर दिने घटनामा पैदलयात्रीको मादक पदार्थ सेवन मुख्य कारण रहने गरेको पाइएपछि पुलिसले यस्तो जुक्ति निकालेको हो ।

गाडीले पैदलयात्रीलाई ठक्कर दिने घटना धेरैजसो सप्ताहन्तको रातमा हुने गरेका छन् र दुर्घटनामा पर्ने पैदलयात्रीहरुमध्ये धेरैजसो बारबाट रक्सी खाएर लरबराउँदै सडकमा हिडिँरहेका हरु हुने गरेका छन् ।

गाडीले ठक्कर दिएर बाँचेका घाइते पैदलयात्रुले यदी मादक पदार्थ सेवन गरेको पाइएमा घटनामा सवारी चालकलाई दोषी नठहराइने र त्यसमा पैदलयात्रु स्वयंलाई दोषी करार गर्नेगरी नियम बनाउने तयारी पुलिसको छ । यसबाट पैदलयात्रुमा जनचेतना समेत बढ्ने अपेक्षा गरिएको छ । बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment