Comments Add Comment

माछापुच्छ्रे बैंकको अगुवाइमा अप्पर खोरुङ्गगामा लगानी


२४ माघ, काठमाडौं ।  ७.५ मेगावाट जडित क्षमताको अप्पर खोरुङ्गगा जलविद्युत आयोजनामा माछापुच्छ्र्रे वैंक लिमिटेडको अगुवाइमा ३ वाणिज्य बैंकहरुले १ अर्व रुपैयाँ कर्जा लगानी गर्ने भएका छन् ।

तेह्रथुम पावर कम्पनीले प्रवर्द्धन गर्दै निर्माण गर्न लागेको आयोजनामा लगानी गर्नेबारे काठमाडौंमा सम्झौता भएको छ ।

यसमा नेपाल बंग्लादेश बैंक र जनता बैंकले पनि लगानी गर्दैछन् । आयोजनाको लगानी संरचना अनुसार कुल लागत १ अर्व ३७ करोड ५७ लाख मध्ये ७३ प्रतिशत वैंक तथा वित्तीय संस्थाको र २७ प्रतिशत प्रवर्धकको लगानी रहने छ । बैंकहरुले कर्जा लगानी गर्ने निश्चित भएपछि आयोजनाको निर्माण अघि बढने निश्चित भएको छ ।

अप्पर खोरुङ्गगा जलविद्युत आयोजना तेर्‍हथुमको मोरहाङ गाविसमा अवस्थित छ । २९६.५ मिटर हेड र ३.१५ क्युसेक (डिजाइन डिस्चार्ज) पानी वालुवा थेग्रायाई करिब ११२९ मिटर पेनस्टक पाईपको माध्यमद्धारा विद्युतीय उर्जा उत्पादन गरिनेछ ।

अध्ययन अनुसार आयोजनाबाट वाषिर्क ४२.९५८ गिगावाट विद्युतीय उर्जा उत्पादन हुनेछ । उक्त उत्पादित उर्जा नेपाल विद्युत प्राधिकरणसँग भएको विद्युत खरिद विक्री सम्झौताअनुसार जिरी खिम्ती सवस्टेशनसम्म आयोजनाले प्रसारण लाइन निर्माण गरी त्यहाँबाट राष्ट्रिय प्रसारण प्रणाली मार्फत स्वदेशमै आन्तरिक खपतको लागि वितरण गरिने छ ।

आयोजना समयमै सम्पन्न गर्न प्रवर्द्धर्क कम्पनिले सरकारलाई “परफमेन्स ग्यारेन्टी” बुझाएको छ । सहभागी बैंक तथा वित्तीय संस्थाहरुको तर्फबाट माछापुच्छ्र्रे वैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निरजकुमार श्रेष्ठ र प्रवर्द्धक तेर्‍हथुम पावर कम्पनी प्रालिका प्रबन्ध संचालक मोहनकुमार डाँगीबीच सम्झौतापत्र आदान-प्रदान भएको छ ।

२/३ महिना भित्रै आयोजनाका मुख्य संरचनाहरु निर्माण सुरु गरी २०७६ पौष १ भित्रै विद्युत उत्पादन गरिने लक्ष्य लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment