Comments Add Comment

नीशा भन्छिन्–‘नेपाली राजनीति सासु–बुहारीको झगडा जस्तो’


नेपाली चलचित्रकी चर्चित नायिका नीशा अधिकारीले नेपालको राजनीतिलाई घरयासी झगडा जस्तो बताएकी छिन् । उनले, नेपालको राजनीति सासु–बुहारीको झगडा जस्तो भएको बताएकी छिन् ।
नीशा अभिनित चलचित्र ‘मेरो देश’ फागुण ६ गतेबाट देशभरका हलमा रिलिज हुँदैछ । चलचित्रको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नीशाले भनिन्–‘कुनै लाइव्रेरीमा गएर पुस्तक पढ्नु भन्दा म दर्शकलाई ‘मेरो देश’ नामक चलचित्र हेर्न आग्रह गर्दछु ।

कार्यक्रममा बोल्दै चलचित्रका नायक आयुष रिजालले आफ्नो भूमिका प्रष्ट्याए । उनले चलचित्रमा आफू पत्रकारको भूमिकामा रहेको बताउँदै भने–‘कलम मात्र चलेर नहुने ठाउँमा हात पनि राम्रैसँग चल्छ भन्ने भूमिका यो चलचित्रमा मेरो छ ।’

ब्रोसिस इन्टरटेन्मेन्ट प्रालीको ब्यानरमा निर्माण भएको यो चलचित्रमा उदय सापकोटाको कथा, गीत छ । चलचित्रका कार्यकारी निर्माता पनि सापकोटा नै हुन् । प्रभाकर सापकोटा र पार्वती मैनालीको निर्माणमा तयार भएको चलचित्रलाई देव नेपालले लेखन तथा निर्देशन गरेका हुन् ।

कार्यकारी निर्माता सापकोटाले चलचित्रले हरेक नेपालीको आफ्नै कथा बोल्ने बताए । यो चलचित्रमा आयुष रिजाल, निशा अधिकारी, प्रज्वल गिरी, निर शाह, एमश्री, ध्रुव कोइराला लगायतका कलाकारको मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment