Comments Add Comment

पैसा लिएर अरुको ओछ्यान तताइदिन्छिन् यी सुन्दरी

यी सुन्दरीको व्यवसाय हो, पैसा लिएर अरुको ओछ्यान तताउने । तर यसलाई गलत अर्थमा नबुझ्नुस । ओछ्यान तताउँदा उनलाई कसैले ‘टच’ पनि गर्न पाउँदैन ।

जाडोको बेला ओछ्यान चिसो हुन्छ । चिसो ओछ्यानमा सुत्न सबैलाई गाह्रो लाग्छ । यही समस्यालाई दृष्टिगत गरेर रुसकी २१ वषिर्या भिक्टोरिया इभाचियोभाले नयाँ व्यवसाय सुरु गरेकी छिन् । उनी अरुको चिसो ओछ्यानमा एक घन्टासम्म सुतेर तातो बनाइदिन्छिन् । यसका लागि मोटै रकम लिन्छिन् । रातको ६५ पाउन्ड वा महिनाको १ हजार ३ सय ५० पाउन्ड उनको रेट हो । व्यवसायिक रुपमा अरुको ओछ्यान तताइदिने आफू विश्वकै पहिलो र एक मात्र व्यक्ति भएको उनको दावी छ ।

ओछ्यान तताइरहँदा ग्राहकले उनलाई छुन वा चलाउन बिल्कुल पाउँदैनन् । यदि कसैले त्यसो गर्न खोजेमा उनी तुरुन्त आफ्नो सेक्युरिटीलाई फोन गरेर बोलाउँछिन् । अलि पर बसेर उनीसँग अन्तरंग गफ गर्न भने पाइन्छ । तर त्यस्तो गफलाई उनी अश्लिलतातर्फ मोड्न दिन्नन् । गफ गर्ने क्रममा कतिपय ग्राहकहरुले आफूसँग अत्यन्त निजी कुराहरु पनि ओकल्ने गरेको भिक्टोरिया बताउँछिन् ।

आफूले ओछ्यान तातो बनाउने मात्रै नभएर त्यहाँ सकारात्मक उर्जा छोडिदिने उनको दावी छ । डिप्रेसनबाट ग्रस्त थुप्रै व्यक्तिहरुले आफूलाई ओछ्यान तताइदिन बोलाउने गरेको उनले बताइन् ।

महंगो शुल्कका बाबजुद भिक्टोरियाको व्यवसाय धुमधामले फस्टाइरहेको छ । विशेषगरी अविवाहित पुरुषहरु उनका ग्राहक हुन् । त्यसो त माग आएको खण्डमा केटीहरुको ओछ्यान तताइदिन पनि आफू तयार रहेको भिक्टोरियाले बताइन् । उनलाई बोलाउन चाहनेहरुले केही दिनअगाडि नै बुक गर्नुपर्छ । तोकिएको दिन ग्राहकले सुत्नुभन्दा एक घन्टा अघि उनी सम्वन्धित घरमा पुग्छिन् र लुगा फेरेर सिरकभित्र पस्छिन् ।

बढ्दो माग धान्न नसकेपछि उनले ओछ्यान तताउनेहरुको टिम नै बनाउने विचार गरेकी छिन् । टिमका अन्य सदस्यहरुबाट उनी निश्चित कमिसन लिनेछिन् ।

रसियन लेखक एनाटोली मारियनगोफको एउटा किताब पढेर आफू यो कर्म गर्न प्रेरित भएको भिक्टोरियाले बताइन् । उनका अनुसार किताबमा सेर्गी येसेनिन नामका एक कवि छन्, जो आफ्नो महिला टाइपिस्टलाई प्रत्येक विहान आफ्नो घरमा बोलाउँछन् र नांगो भएर १५मिनेटसम्म आफ्नो ओछ्यानमा सिरक ओढेर सुत्न लगाउँछन् । यसरी युवतीले तताएको ओछ्यानमा सुत्दा कविजीको सिर्जनशीलता बढ्दै जान्छ । भिक्टोरिया भने यसरी नांगै सुत्न तयार छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment