Comments Add Comment

यस्तो सहरः जहाँ मान्छेलाई मर्न मनाही छ

जन्म र मृत्यु प्राकृतिक कुरा हो । मरण भन्ने कुरा मानिसको बशमा कहाँ हुन्छ र ? दुनियाँमा मान्छे मर्न नपाउने भन्ने ठाउँ कतै होला र ? नहुनुपर्ने हो । तर नर्वेमा एउटा यस्तो सहर छ, जहाँ मान्छेको मरणमाथि प्रतिबन्ध लगाइएको छ ।

झ्वाट्ट सुन्दा मान्छेलाई मर्नमाथि पनि प्रतिबन्ध लगाउने त्यो सहरको नियम बेतुकको लाग्नसक्छ । तर यदि प्रतिबन्धको खास कारण बुझ्नुभयो भने तपाईं भने उक्त कानूनको समर्थन गर्नुहुनेछ ।

झण्डै दुई हजार जनसंख्या रहेको उक्त सहरमा सधैं हिउँ जमेको हुन्छ । त्यहाँका बासिन्दा कि त पर्यटक छन्, कि वैज्ञानिक । चारैतर्फ हिउँ नै हिउँ छ । यातायातका लागि केवल स्नो स्कुटरको मात्र प्रयोग गर्न सकिन्छ । वर्षको चार महिना त त्यहाँ सूर्य उदाउँदैन र २४ सै घण्टा अन्धकार रहन्छ ।

सहरमा एउटा निकै सानो चिहानस्थल रहेको छ, जहाँ पछिल्लो ७० वर्षदेखि कुनैपनि शव गाडिएको छैन । निकै चिसो र हिउँ नै हिउँ हुनाले गाडेका शव पनि कुहिँदैनन् र जस्ताको तस्तै रहने हुनाले शव गाडिँदैन त्यहाँ ।

केही वर्ष पहिले वैज्ञानिकहरुले त्यहाँका चिहानबाट निकालिएको एक शवको नमूनाको परीक्षण गर्दा त्यसमा अझैपनि इन्फ्लुएन्जा भाइरस रहेको पत्ता लगाएका थिए । मरेको धेरै वर्षपछिको शवमा समेत भाइरस पाइएपछि उक्त सहरमा मृत्यु विरोधी नीति लागू गरिएको हो र मानिसहरुलाई त्यहाँ मर्न र अन्त्येष्टि गर्न प्रतिबन्ध लगाइएको छ ।

यदि उक्त सहरको कुनैपनि बासिन्दा गम्भीर बिरामी भयो र मृत्युको नजिक पुग्यो भने उसलाई मर्नुअघि नै जहाज वा पानीजहाजमा हालेर नर्वेका अन्य ठाउँमा पुर्‍याइन्छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment