Comments Add Comment

‘म झनक्क रिसाउँछु’: ‘पाँडे’


हाँस्य टेलिसिरियल‘ भद्रगोल’का मुख्य कलाकार हुन् अर्जुन घिमिरे ‘पाँडे’ । टेलिश्रृङ्खलाको अतिरिक्त केहि विज्ञापनमा समेत अभिनय गरेका पाँडे, पाँडेकै भुमिकामा म्युजिक भिडियोमा पनि देखिन चाहन्छन् । उनै कलाकारसँग अनलाइनखबरले गरेको टी–टकः

बिहान कति बजे उठ्नुहुन्छ ?
म त अलि अल्छि छु । उठ्दा साँढे ६ बज्छ ।

उठेपछि सडकमा दौडिने चलन छ कि छैन ?
खासै दौडिन भ्याउँदिन । आफ्नै घरमा जाने जति योगा गर्छु ।

चिया अनि ब्रेकफाष्ट ?
म प्राय दुध हालेको चिया पिउँछु । ब्रेकफाष्ट खासै हुन्न । सुटिङ र अन्य कार्यक्रममा जाँदा जहाँ जे उपलब्ध हुन्छ त्यहि खान्छु ।

आजको कार्यक्रम ?
आज बिहानैदेखि ‘भद्रगोल’को सुटिङमा छु । तारेकश्वर नगरपालिकामा गुण्डुमा सुटिङ गर्दैछु । दिनभरि यसैको सुटिङमा ब्यस्त हुन्छ । आज त साथीभाईको फोन उठाउने समेत फुर्सद छैन ।

अरुलाइ त हँसाउनुहुन्छ, आफु भने कत्तिको हाँस्नुहुन्छ ?
म त एकदम हँसिलो र अरुलाई हसाँइरहन पर्ने मान्छे हुँ । कोही मान्छे कतै चिन्तित भएको देखेँ भने पनि मेरो कारण पो चिन्तित भएको हो कि जस्तो लाग्छ अनि हसाँइहाल्छु ।

ज्योतिषलाइ हात हेराउनु भएको छ ?
एकपटक हेराएको छु । ज्योतिषले मेरो हात हेरेर बाबु यो हात कसैलाइ नदेखाउनु निकै राम्रो छ भनेँ, त्यसपछि कसैलाइ पनि देखाएको छैन ।

फेसबुक कत्तिको चलाउनुहुन्छ ?
सामान्य । त्यस्तो धेरै स्टाटस लेख्ने काम गर्दिनँ तर, कहाँ के भएको छ अपडेट हुने काम फेसबुकवाटै गर्छु ।

तपाइको कमजोरी के हो ?
म अलि बढि झनक्क रिसाउँछु ।

भनेपछि सुटिङमा पनि ठाकठुक हुन्छ ?
त्यो त हुन परिहाल्यो नि । त्यति भएन भने त कसरि टिम फर्मेसन हुन्छ । तर, यसलाइ ठाकठुकै भन्न नमिल्ला कि ? छलफल गज्जबले हुन्छ ।

तपाईलाई मन पर्ने कलाकार ?
नेपालको कुरा गर्नु हुन्छ भने सिताराम कट्टेल र केदार घिमिरे मन पर्छ । विदेशीको कुरा गर्दा जोनी लिभरको डाइलग डेलिभरि र रियाक्सन मन पर्छ ।

फुर्सदमा के गर्नु हुन्छ ?
पत्रिका अनि अनलाइनमा छापिएका अलि गहन खालका लेख पढ्छु । हाँस्य ब्यङ्ग्यसँग सम्बन्धित लेख अनि किताब त नपढ्ने कुरै भएन ।

तपाइलाई मन परेको ठाउँ ?
मलाई नेपालको सबै ठाउँ उत्तिकै मन पर्छ । नेपालमा नराम्रो कुनै ठाउँ छैन ।

कसैले तपाइलाई कुन ठाउँ घुम्न जाऔं भनेर सोध्यो भने ?
एक वा दुई ठाउँ भनेर भन्दिनँ, नेपालका सबै ठाउँ उत्तिकै मनमोहक छन् । म त सोलुखुम्बुको आङपाङदेखि डँडेल्धुराको पल्लोछेउ सम्म घुम्न जाने सल्लाह दिन्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment