Comments Add Comment

ओप्पोको बार्षिक बृद्धिदर १३३ प्रतिशत

प्रिमियम क्यामेराले बनायो बिश्वकै चौथो ठूलो स्मार्टफोन ब्राण्ड

२६ माघ, काठमाण्डौ । ग्लोबल स्मार्टफोन ब्राण्ड ओप्पोले सन् २०१६ मा १ सय ३३ प्रतिशतको बार्षिक  बृद्धिदर (इयर अन इयर ग्रोथ) प्राप्त गर्न सफल भएको रिसर्च र्फम आईडीसीले जनाएको छ ।

आईडीसीका अनुसार प्रिमियम डिजाइन र उत्कृष्ट फोटोग्राफीको सफल समायोजन गरिएका उत्पादनहरुको माध्यमबाट ओप्पोले बजार हिस्साको अनुपातमा विश्वकै चौथौँ स्मार्टफोन ब्राण्डका रुपमा आफ्नो स्थान कायम गर्न सफल भएको हो । साथै, चिनियाँ बजारमा कम्पनीले हालैका दुई त्रैमासमा नम्बर १ स्थान हात पार्नपनि सफल भएको छ ।

आइडीसीको प्रारम्भिक डाटाका अनुसार सन् २०१६मा ओप्पोले बिश्व स्मार्टफोन बजारको ६ दशमलव ८ प्रतिशत हिस्सा ओगट्न सफल भएको छ । साथै, चारै त्रैमासमा सतप्रतिशत भन्दा बढी बार्षिक  बृद्धिदर हात पारेको छ ।

‘सन् २०१६मा सरल र केन्द्रित रणनीति अपनाउँदै हामीले उपभोक्ता माझ आफ्ना प्रिमियम गुणस्तर तथा उत्कृष्ट क्यामेरा सहितका उत्पादन पस्क्यौँ’, ओप्पो भीपी तथा ईन्टरनेशनल मोबाइल विजनेशका प्रबन्ध निर्देशक स्काइ लीले भने ‘आफ्ना उपभोक्ताको माग तथा आवश्यकता अनुसारका उत्पादन पस्किने प्रतिबद्धता नै हाम्रो सफलताको प्रमुख कारण हो ।’

उनले यही प्रतिबद्धतालाई दुई गुणा बढाउँदै यस बर्ष विश्वब्यापी बजार विस्तारमा थप ध्यान केन्दि्रत गर्ने बताए ।

ओप्पोले पछिल्लो बर्ष दुई प्रमुख उत्पादन ‘सेल्फी एक्स्पर्ट एफ सिरिज’ र स्टाइलिश आर सिरिजमा आफ्नो ध्यान केन्द्रित गरेको थियो । उद्योगमै उत्कृष्ट मध्ये मानिएका फ्रण्ट तथा रियर क्यामेराले ब्राण्डको क्यामेरा फोन अवधारणाको प्रतिनिधित्व गरेको छ ।

१६ मेगा पिक्सेल क्षमता सहितको क्यामेरा भएको एफवानएसले ओप्पोको प्रमुख दुई क्षेत्र दक्षिण तथा दक्षिण पूर्वी एसियामा ठूलो सफलता हात पारेको छ । सेल्फी प्रति आकषिर्त अहिलेको पुस्ता माझ विशेष लोकपि्रय यो फोनको सहायताले भारतीय अफलाइन बजारमा डिसेम्बर महिनामा १० दशमलव ९ प्रतिशतको बिक्रि हिस्सा हात पार्यो । रिसर्च र्फम जीएफकेका अनुसार पछिल्लो बर्ष अर्थात् सन् २०१५को यही समयमा यो हिस्सा १ दशमलव २ प्रतिशतमा सिमित थियो ।

ओप्पोले आर९एसको आईएमएक्स ३९८ सेन्सरको विकास सोनीसँगको सहकार्यमा गरेको हो । यसले ओप्पोको स्थान स्टेट अफ आर्ट फोटोग्राफीका लागि अग्रणी ब्राण्डका रुपमा स्थापित गर्न सघायो ।

काउण्टर पोइन्ट रिसर्चका अनुसार करिव ४ सय अमेरिकी डलर मूल्य निर्धारण गरिएको आर९ चिनियाँ बजारमा सन् २०१६को ‘बेष्ट सेलिङ’ उपकरणका रुपमा रह्यो । कम्पनीले बर्षको अन्त्यतिर बजारमा आर९एसको परिस्कृत भर्जन पनि उपलब्ध गराएको थियो । यसमा कम्पनीले सोनीसँग सहकार्य गर्दै विकसित गरिएको आईएमएक्स३९८ सेन्सर जडान गरेको थियो । सोनीसँगको यो सहकार्यले ओप्पोको स्थान स्टेट अफ आर्ट फोटोग्राफीका लागि अग्रणी ब्राण्डका रुपमा स्थापित गर्न समेत सघायो ।

सन् २०१६मा ओप्पोले २६ओटा देशमा विस्तार गर्यो । नयाँ विस्तारित बजारमा नेपाल, न्यूजिल्याण्ड, कजाक्स्टान र साउदी अरेबिया  लगायत पनि सम्मिलित रहेका छन् । सन् २०१७मा कम्पनीले मध्य पूर्वी तथा उत्तरी अफ्रिका क्षेत्रमा आफ्नो विस्तारलाई सघाउने उद्देश्यका साथ ईजिप्टमा भर्खरै स्थापित मार्केटिङ सेन्टरले थप लाभ उठाउन सक्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment