Comments Add Comment

जुम्लामा मिनी ट्रक दुर्घटना, चालकसहित ३ को मृत्यु

५ फागुन, जुम्ला । जुम्लाको बड्की गाविसमा बिहीबार बिहान मिनी ट्रक दुर्घटना हुँदा चालकसहित तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । एकजना घाइते भएका छन् ।

बड्की गाविस-२ को देहार गाउँको कोटिलाभिरमा ना ६ ख ९३७२ नम्बरको मिनी टाटा बिहान साढे आठ बजेतिर दुर्घटना भएको हो ।

दुर्घटनामा बर्दिया मैनापोखर-८ बस्ने तिर्थराम थारु, मुगुको कलाई-४ बस्ने रंगबहादुर शाही र सोही ठाउँ बस्ने गंगा शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी जवान भद्र रावलले जानकारी दिए ।

थारु गाडी चालक हुन् । दुर्घटनामा गम्भीर घाइते सहचालकको परिचय खुलेको छैन । उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment