Comments Add Comment

समयमै तलब नपाएपछि नगर्दा गोरखाका शिक्षक तनावमा

६ फागुन, गोरखा । जिल्ला शिक्षा कार्यालय गोरखाले तलव निकासा नगर्दा जिल्लाका सामुदायिक बिद्यालयका शिक्षकहरुले दोस्रो चौमासिकको तलव अझै पाएका छैनन् ।

नगरपालिका क्षेत्रमा मंसिर मसान्त र गाविसका बिद्यालयहरुमा पुस मसान्तभित्र दोस्रो चौमासिकको तलव निकासा गर्नुपर्ने भएपनि फागुन महिना लाग्दासमेत कार्यालयले तलव निकासा गरेको छैन ।

‘माघको पहिलो हप्तामा दोस्रो चौमासिकको तलव खाइसक्नुपर्ने हो,’ गोरखा नगरपालिका-९ छेवेटारको तारा माविका एक शिक्षकले भने ‘तर फागुन लाग्दा समेत तलव पाएको छैन ।’ तोकिएको समयमा तलव नपाउँदा समस्या भएको उनले बताए ।

‘नगरपालिकाको सामुदायिक बिद्यालयका शिक्षकलाई मासिक रुपमा तलव खुवाउने निर्णय भएको तीन बर्ष बित्यो, तर मंसिर महिनाको तलव फागुन लाग्दासमेत खुवाउन सकिएको छैन’ गोरखा नगरपालिका-१ छहरेको बालमन्दिर माविका प्रधानाध्यापक लुमनाथ लामिछानेले भने ।

शिक्षा कार्यालयले तलव निकासा नगरिदिँदा तलव खुवाउन नसकिएको उनको भनाई छ । मंसिर महिनामा निकासा हुनुपर्ने दोस्रो चौमासिकको तलव फागुन लाग्दासमेत निकासा नहुँदा शिक्षकहरुलाई तलव दिन नसकेको लामिछानेले बताए ।

साउनदेखि कात्तिक महिनासम्मको पहिलो चौमासिक तलव पाएका शिक्षकहरुले त्यसभन्दा यता कुनै महिनाको पनि तलव पाएका छैनन् । तलव नपाउँदा बिभिन्न समस्या भोग्नुपरेको उनीहरुको गुनासो छ ।

‘आफ्नै घर हुनेलाई त केही छैन तर डेरामा बस्ने शिक्षकहरुलाई कति समस्या होला ? कोठाभाडा तिर्नुपर्‍यो, उधारो सामान लिने र खाना खाने ठाउँमा तिर्नुपर्‍यो, साथै फोनलगायतका अन्य सेवाको पैसा बेलैमा बुझाउनुपर्‍यो’ लामिछानेले भने । बिभिन्न खर्चका लागि व्याजमा ऋण खोज्नुपर्ने बाध्यता शिक्षकहरुलाइ रहेको उनले बताए ।

‘चौमासिक तलव आउने भनेर ब्याजमा ऋण खोजेर खर्च धानेका हुन्छन् तर तोकेको समयमा तलव नपाउँदा ब्याज थपिदै जाने भयो, आएको तलव ब्याज तिर्दैमा हैरान’ लामिछानेले भने । नेपालभर मासिक रुपमा शिक्षकलाई तलव खुवाउने निर्देशन भए पनि मंसिर महिनादेखिको तलव आफूहरुले नपाएको उनको गुनासो छ ।

कार्यालयले भने बिभिन्न वहाना देखाएर तलव निकासामा ढिलाई भएको बताउँदै आएको बिद्यालयका प्रअहरुले बताएका छन् ।
लेखापाल र लेखा अधिकृतको सरुवाका कारण पनि तलव निकासामा ढिलाइ भएको स्रोतको भनाइ छ । पेशागत संघसंगठनको भूमिका कमजोरहुँ आफूहरुले समस्या भोग्नु परेको शिक्षकहरुको गुनासो छ ।

जिल्ला शिक्षा कार्यालयले भने अबको एक हप्ताभित्र तलव निकासा गर्ने बताएको छ । शिक्षकको तलव र भत्ताको लागि नयाँ ‘सप्टवेयर’ विकास गरी अपडेट गर्ने काम भइरहेको हँुदा केही समय ढिलाइ भएको कार्यालयले भनाइ छ ।

‘अहिले गोरखामा रहेका १८ वटै स्रोतकेन्ऽका शिक्षकहरुको तलव भक्ता विवरण सˆटवयर इन्ट्री गराउनेे काम भइरहेको छ, अबको केही दिनमा काम सकिन्छ र तलव निकासा हुन्छ’ कार्यालयका सूचना अधिकृत ठाकुर जी तिवारीेले भने ।

गोरखामा आधारभूत तह र माध्यामिक तहका ४८९ वटा सामुदायिक बिद्यालयहरु रहेका छन् । स्वीकृत दरवन्दी र राहत अनुदान अन्तर्गत प्रावि तहमा एक हजार सात सय ८२, निमावी तहमा चार सय चार र मावितहमा चार सय ३९ जना शिक्षकहरु कार्यरत छन् । कार्यालयले तलव

निकासामा ढिलाइ गर्दा कुल दुइ हजार ६ सय २५ जना शिक्षकहरु तलवबाट बन्चित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment