Comments Add Comment

‘लम्फू’मा मरिष्का र चाँदनी फाइनल, नायक को हुन् ?


लामो समयदेखि निर्माण प्रक्रियामा रहेको चलचित्र ‘लम्फू’लाई लिएर मिडियामा विभिन्न खालका चर्चा भैरहेका छन् । गोपालचन्द्र लामिछानेको निर्देशनमा शक्ति बल्लभ घोरासैनीले निर्माण गर्न लागेको यो चलचित्रको केहि दृश्य समेत छायांकन भैसकेको थियो । तर, पछि चलचित्र बन्ने या नबन्ने अन्यौल भएको थियो ।

तर, यसका मेकरले भने ‘लम्फू’ निर्माणलाई बन्द गरेनन् । अब, भने चलचित्र बन्ने पक्का भैसकेको छ । यतिमात्र होइन, चलचित्रका लागि नायिका समेत फाइनल गरिसकिएको छ ।

अनलाइनखबरलाई प्राप्त खबर अनुसार चलचित्रका लागि नायिका मरिष्का पोख्रेल र चाँदनी शर्मालाई फाइनल गरिएको हो । यो कुराको पुष्टी गर्दै निर्देशक लामिछानेले भने-‘हामीले वर्कशप सुरु भएपछि अरु धेरै निर्णय गर्नुछ । तर, मरिष्का र चाँदनीले काम गर्ने कुरा पक्का भएको हो ।’

चलचित्रको छायांकन कहिलेबाट सुरु हुन्छ पक्का छैन । तर, चलचित्रको कथावस्तुलाई लिएर चलचित्र बजारमा चर्चा सुरु भैसकेको छ । मरिष्काले यो बर्ष ‘के म तिम्रो होइन र र चपली हाइट २’मा काम गरेकी थिइन् भने चाँदनीले ‘स्टूपिड मन’बाट चलचित्र क्षेत्रमा डेब्यू गरेकी थिइन् ।

चलचित्रका नायक पनि फाइनल गरिएको वुझिएको छ । तर, यस बिषयमा निर्माणपक्षले अहिले नै बताउन चाहेको छैन । निर्देशक लामिछानेले नायकको बिषयमा कुरा भएपनि फाइनल नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment