Comments Add Comment

मेल्वर्नमा इस्टर्न वारियरले ब्याड्मिन्टन र बास्केटबल प्रतियोगिता गर्ने

१८ फेब्रुअरी, मेलवर्न । स्पोर्टस सिटी भनेर चिनिने मेल्बर्नमा, नेपाली समुदायका बिच पनि यो सिजनमा थुप्रै खेल्कुद प्रदियोगिताहरु आयोजना भइरहेका छन् ।

केहीदिन अघिमात्र भिक्टोरियाकै पहिलो फुटवल क्लब यति फुटवल क्लबले अवार्ड नाइटको आयोजना गर्दै आफ्ना खेलाडीहरुको सम्मान गरेको थियो भने नेपाली एसोसियसन अफ भिक्टोरिया ( न्याभ ) को न्याभ कप क्रिकेट प्रतियोगिता हरेक आईतवार चलिरहेकै छ।

यसै बिच मेल्बर्नको पूर्वी सबअर्बमा बस्ने नेपालीहरुको खेल्कुद समूह इस्टर्न वारीयरले आउँदो अप्रिल महिनामा ब्याड्मिन्टन र बास्केटबल प्रतियोगिता गर्ने भएको छ।

यसअघि अन्तरराज्य ब्याड्मिन्टन प्रतियोगिता समेत गरिसकेको इस्टर्न वारीयरले भर्खरै गल्फ प्रतियोगिता पनि सम्पन्न गरेको छ।

न्याभसँग मिलेर गर्न लागेको ब्याड्मिन्टन प्रतियोगिता अप्रिल २ तारिक हुनेछ भने अप्रिलको अन्त्य मा पुरुष, महिला तथा बालबालिका बिच बास्केटबल प्रतियोगिता पनि आयोजना गर्ने भएको छ । जसका लागि ब्याडमिन्टन तर्फ मधु पोखरेल र भास्कर आमात्य र बास्केटबलतर्फ अभिशेक केसीलाई संयोजक बनाइएको छ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment