Comments Add Comment

संविधान संशोधनपछि मात्र चुनाव घोषणा गर्नु पर्ने मधेसी मोर्चाको अडान कायमै

८ फागुन, काठमाडौं । मधेसी मोर्चाले संविधान संशोधन नभएसम्म चुनावमा नजाने पुरानै अडान दोहोर्‍याएको छ ।

प्रधानमन्त्रीले बोलाएको बैठकमा जानु अघि आइतबार साँझ बसेको मधेसी मोर्चाको बैठक बसेको थियो । बैठकले संविधान संशोधन गरेर मात्र चुनावमा जानु पर्ने अडान कायमै राख्ने निर्णय गरेको सामसपा महासचिव केशव झाले जानकारी दिए ।

सरकारले भोलि सोमबार स्थानीय तहको चुनावको मिति घोषणा गर्ने तयारी गरिरहेको छ ।

सरकारसँगको वार्तामा आफुहरुले पहिले संघ, प्रदेश अनि निकायको चुनाव गराउन, निर्वाचन अघि संविधान संशोधन र पुनर्संरचनामा रहेका त्रुटी सच्याउने विषय राख्ने मधेसी जनअधिकार फोरम गणतान्त्रिकको अध्यक्ष राजकिशोर यादवले जानकारी दिए ।

बैठकमा चार एजेण्डा प्रस्तुत गरिएको थियो । चुनाव घोषणाको सरकार तयारी, आगामी रणनीति, स्वविय चुनाव लगायतका एजेण्डा प्रस्तुत गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment