Comments Add Comment

हिसान अध्यक्षमा सिलवाल र महासचिवमा भण्डारी सर्वसम्मत

विद्यालयदेखि विश्वविद्यालयसम्मको छाता संगठन बन्ने घोषणा

९ माघ, काठमाडौं । सरकारले ल्याएको नयाँ शिक्षा नीति अनुरुप उच्च माध्यमिक विद्यालय संघले आफ्नो नाम र कामको प्रकृति पुनर्गठनसहित नयाँ नेतृत्व चयन गरेको छ ।

राजधानीमा भएको विशेष भेलाले माध्यमिक तहदेखि विश्वविद्यालय तहसम्म सन्चालित निजी शैक्षिक संस्थाहरुको नेतृत्वदायी साझा छाता संगठन निर्माण गरेको हो । भेलाले सर्वसम्मत रुपमा निर्देशक समिति र केन्द्रीय कार्य समिति चयन गरेको नवनिर्वाचित महासचिव लोकवहादुर भण्डारीले बताए ।

हिसानको अध्यक्षमा गोल्डेन गेट कलेका प्रमुख रमेशकुमार सिलवाल चयन भएका छन् भने महासचिवमा जेभियर इन्टरनेशनलका कार्यकारी निर्देशक लोकवहादुर भण्डारी चयन भएका छन् । त्यस्तै बरिष्ठ उपाध्यक्षमा युवराज शर्मा र नवराज पाण्डे चयन भएको निर्वाचन समितिले जनाएको छ ।

१३ जना उपाध्यक्षमा भेषराज पोखरेल, टंकप्रसाद आचार्य, उमेश थापा, रामेश्वर अर्याल, शेरवहादुर गुरुङ, जीवनप्रकाश शर्मा, सुरेन्द्र प्रसाद सिंह, स्वागत श्रेष्ठ, विनोद साह, धरणिधर अधिकारी, इश्वरप्रसाद पोखरेल, मनिष सिंह र सिवि चन्द्र चयन भएका छन् ।

त्यस्तै सचिवहरुमा कपिल रेग्मी, हरिचन्द्र लामिछाने, जयराम खनाल, ऋषि तिवारी, रामहरि सिलवाल, राजेन्द्र अधिकारी र दिपेन्द्र भण्डारी चयन भएका छन् । कोषाध्यक्षमा तीर्थ पोखरेल र सहकोषाध्यषमा दिपक रावत चयन भएको महासचिव भण्डारीले जानकारी दिए ।

यसअघि उच्च माविहरुको मात्र संगठन हिसान रहेकोमा अब नयाँ शिक्षा नीति अनुसार कक्षा १ देखि १२ सम्म उच्च मावि भएपछि विद्यालयदेखि विश्वविद्यालयसम्मका सबै संस्थाहरु हिसानमा समेटिएका छन् । विद्यालय सन्चालकहरुमात्रको संस्थाप प्याव्सन र एनप्याव्सन भने स्वतन्त्र अस्थित्वमै रहने बताइएको छ ।

हिसान भेलाले शिक्षा क्षेत्रका बरिष्ठ व्यक्तिहरु रहेको निर्देशक समिति समेत गठन गरेको छ । समितिमा उमेश श्रेष्ठ, बाबुराम पोखरेल, माधवप्रसाद बराल, शिवदत्त ज्ञवाली, रामचन्द्र आचार्य, शिवहरि मुडभरी र विरेन्द्रकुमार शाह रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment