Comments Add Comment

‘लुट २’को ‘ठमेल बजार’ गीत युटुबमा १ करोड पटक हेरियो


चलचित्र ‘वडा नम्बर ६’को ‘सुर्के थैली खै’ र ‘छक्का पन्जा’को ‘पूर्व पश्चिम रेल’पछि अर्को एक चलचित्रको गीत पनि युटुबमा १ करोड भन्दा बढी पटक हेरिएको छ ।
फागुण १३ अर्थात आउँदो शुक्रबारबाट रिलिज हुन लागेको चलचित्र ‘लुट २’मा समावेश ‘ठमेल बजार’ बोलको आइटम गीत पनि युटुबमा १ करोड पटक हेरिएको छ ।

सार्वजनिक भएको ४ महिनामै यो गीत युटुबमा १ करोड पटक हेरिएको छ । कालिप्रसाद बास्कोटा, मिना निरौला र भानुभक्त ढकालको स्वर रहेको यो गीतको भिडियोमा मोडल एलिसा राइले आइटम नृत्य गरेकी छिन् । सार्वजनिक भएसँगै यो गीतले देश तथा विदेशमा खुबै चर्चा पाएको छ ।

निश्चल बस्नेत निर्देशित यो चलचित्रलाई लिएर अहिले नेपाली सिने बजारमा उत्साह छ । यो भिडियोमा एलिसा र निर्देशक बस्नेतले नै आइटम नृत्य गरेका छन् ।
राम्रा गीत संगीतले अहिले युटुबमा दर्शकको साथ पाउन थालेका छन् । १ करोड पटक हेरिएको यो तेश्रो नेपाली गीत हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment