Comments Add Comment

प्रहरीले भन्यो-तिवारी हत्याका मुख्य योजनाकार मनोज पुन नै हुन्

पुनसहित ५ जना फरार, ७ जना पक्राउ

दुर्गा तिवारी र मनोज पुन (दायाँ)

१५ फागुन, रुपन्देही । युवा संघ रुपन्देहीका तत्कालीन अध्यक्ष दुर्गा तिवारीको हत्याका मुख्य योजनाकार मनोज पुन नै भएको प्रहरीले बताएको छ । साथै हत्यामा संलग्न १२ जनाको सूची सार्वजनिक गरेको छ, जसमध्ये पुनसहित ५ जना फरार छन् भने ७ जना पक्राउ परेका छन् ।

प्रहरीले आइतबार पत्रकार सम्मेलन गरेर मुख्य योजनकार मनोज नै भएको बताएको छ । रुपन्देही देवदह-६ का २९ वर्षीय मनोज फरार छन् ।

उनले व्यक्तिगत रिसिइबीकै कारण तिवारीको हत्या गराएको प्रहरी अनुसन्धानले देखाएको छ ।

तिवारी हत्याकाण्डमा योजनाकार रहेका सिद्धार्थनगर ३ का विकास भन्ने सोमबहादुर आले पनि फरार छन् । घटनामा सुटर राजु भन्ने प्रयोग भएको र उनी पनि फरार रहेको एसपी रविन्द्र धानुकले जानकारी दिए ।

प्रहरीले हत्यामा भूमिका खेल्ने ७ जनालाई पक्राउ गरेको छ । सार्वजनिक गरिएका अभियुक्तमा देवदह नगरपालिका – ६ का ३१ वर्षीय वसन्तबहादुर चापागार्इँ, तिलोत्तमा नगरपालिका– १५ का २७ वर्षीय बुद्धिसागर यादव र २४ वर्षीय राजेश यादव, तिलोत्तमा– ८ का प्रयास भनिने ३३ वर्षीय खेमानन्द भट्टराई, देवदह नगरपालिका– ८ का २३ वर्षीय सागर थापा, रुपन्देही धकधई– ८ परासी झुङ्गाका २८ वर्षीय अङ्गद थारु र देवदह नगरपालिका– ९ का २८ वर्षीय ऋषिश्वर कुमाल छन् ।

उनीहरुमध्ये खेमराज भण्डारीले सुटरलाई लिएर जाने र भगाउने काम गरेका थिए ।

तिवारीको पुस ४ गते हत्या भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment