Comments Add Comment

उपत्यका बाहिर खुले जिओनीका ५ सेवा केन्द्रहरु


काठमाडौं । जिओनीले उपत्यका बाहिरका बिभिन्न ५ ठाउँमा विशेष प्रकारको सेवा केन्द्र खोलेर मर्मत सेवा दिन थालेको छ ।  “जिओनी-केयर” नाम दिइएका यी सेवा केन्द्रहरुमा दक्ष प्राविधिकहरुद्वारा गुणस्तरीय सेवा उपलब्ध गराइने छ । यस्ता विशेष सेवा केन्द्रहरु पोखरा, नारायणघाट, नेपालगंज, इटहरी र वीरगंजमा संचालन गरिएका छन् ।

यसले जिओनी मोबाइल सेटमा आउने कुनै पनि प्राविधिक समस्या पूर्णरुपमा समाधान गर्न मद्दत पुग्नेछ, जसमा सफ्टवेयरलाई अपडेट गराउन सकिन्छ । यी विशेष सेवा केन्द्रहरुमा तपाईले खोजे जस्तो दक्ष प्राविधिकहरु उपलब्ध हुने छन् ।

यस अघि जिओनीको विशेष सेवाकेन्द्र सीटीसी मल सुन्धारामा स्थापना गरी सेवा दिइराखेको छ । नयाँ पुस्ताको चाहना अनुसारको मोबाइसेट सन् २०१४ देखि नेपाली बजारमा विक्री वितरण गरिँदै आएको छ ।

जिओनीले आफ्नो उत्पादनहरुलाई नयाँ प्रविधि गुणस्तर र आकर्षक बनाउनै लागेकोले ग्राहकहरु निरन्तर बृद्धि हुँदै गएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment