Comments Add Comment

बिराटनगरका पेट्रोल पम्प बिहान ८ देखि साँझ ७ बजेसम्म मात्र खुल्ने

१८ फागुन, बिराटनगर । इन्धन अभाव भएको जनगुनासो आएपछि विराटनगरका पट्रोलियम पम्पहरुले विहान ८ देखि साँझ ७ बजेसम्म मात्र इन्धन विक्री गर्न पाउने नयाँ नियम लागु भएको छ ।

पेट्रोलियम पदार्थ सहज नभएसम्मका लागि तत्काललाई यो नियम वनाइएको हो ।

पेट्रोलियम पदार्थ सहज रुपमा नपाएको सर्वत्र गुनासो आएपछि जिल्ला प्रश्ाासन कार्यालय मोरङमा आज बसेको सर्वपक्षीय छलफलले भारतीय सवारी साधनहरु ठूलालाई एक पटकमा ५० र साना सवारी साधनलाई १० लिटरभन्दा बढी इन्धन विक्रि नगर्ने नियम पनि वनाएको छ ।

पेट्रोलियम पदार्थको सहज उपलब्धता बनाउन विभिन्न ५ बुँदे निर्णयसमेत गरेको छ । हिजो बसेको छलफलले पेट्रोलियम पदार्थ नपाएका पम्पहरुलाई तत्काल उपलब्ध गराउने, उपभोक्ता र उद्योगीलाई ७६ र ३३ प्रतिशतको आधारमा विक्रि वितरण गर्ने, पेट्रोलियम पदार्थको अवैध निकासी हुन नदिन सीमा क्षेत्रमा निगरानी कडा पार्ने, सरोकारवाला निकायले पेट्रोल पम्पहरुको नियमित अनुगमन गर्नेलगायतका निर्णय गरेको छ

डिजल वरामत

पुर्वी नेपालका केही दिन यतावाट पेट्रोलियम इन्धन अभाव भइरहेको अवस्थामा विराटनगरका विभिन्न स्थानवाट ५ सय ७० लिटर डिजल वरामत गरेको छ ।

प्रहरीले हाटखोला स्थित गणपती पेट्रोलपम्पवाट ड्रम तथा ग्यालेनमा डिजेल भरेर ठेला र ट्रयाक्टरमा लोड गरी लैजाने क्रममा ५ सय ४० र विराटनगरको महेन्द्र चौकवाट थप ४० लिटर डिजल वरामत गरेको हो ।

नेपाल भन्दा भारतमा इन्धन वढी मुल्यमा विक्री हुन थालेपछि नेपालवाट भारतर्फ इन्धनको तस्करी हुन थालेको थियो । स्थानीय प्रशासनले हिजोवाट लागु हुनेगरी दुई पांग्रे सवारी साधनका लागि पाँच लिटर इन्धन दिने व्यवस्था मिलाएको थियो । स्थानीय प्रशासनले इन्धनको सहज आपुर्ती नभएसम्मका लागि पेट्रोल पम्पवाट ग्यालेन वोतल प्रयोग गरी इन्धन लान नपाइने व्यवस्था गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment