Comments Add Comment

एमालेको अभियानलाई लक्षित गरी मधेसी मोर्चाद्वारा आन्दोलन घोषणा

१८ फागुन, सप्तरी । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीले नेकपा एमालेको मेची-महाकाली अभियानलाई लक्षित गरी आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । एमालेको अभियान सप्तरी आउने दिन जिल्लामा चक्काजामको घोषणा गर्दै मोर्चाले त्यही दिन बिहानैदेखि बिभिन्न ठाउँमा लाठीसहित प्रदर्शन गर्ने जनाएको छ ।

मोर्चाको बुधबार राजविराजमा बसेको बैठकले आन्दोलनको घोषणा गरेको छ । घोषित आन्दोलन अनुसार बिहीबारदेखि भण्डाफोर अभियानको प्रचार-प्रसार गर्ने र तत्कालीन के.पी शर्मा ओली नेतृत्वको सरकारले गरेका मधेस विरोधी कामको प्रचार प्रसार गर्नेछन् ।

२३ गते सप्तरीमा चक्का जाम गर्ने कार्यक्रम मोर्चाले सार्वजनिक गरेको छ । त्यही दिन कन्चनपुर, भारदह, राजविराज र रुपनीमा बिहानै देखि लाठी जुलुस प्रदर्शन गर्ने निर्णय भएको मोर्चाका जिल्ला संयोजक दिनेश यादवले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment